कारोबार


‘मेरो डक्टर’बाट यसरी लिनुहोस् सेवा, प्याब्सन, एनप्याब्सन र मिदासको सहकार्य

‘मेरो डक्टर’बाट यसरी लिनुहोस् सेवा, प्याब्सन, एनप्याब्सन र मिदासको सहकार्य

नेपालखबर
जेठ २३, २०७८ आइतबार १०:४१,

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्टिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) ले मिदास टेक्नोलोजिज प्रालिको सहकार्यमा विद्यार्थीका अभिभावक, शिक्षक र कर्मचारीले मेरो डक्टरबाट सेवा लिन सक्ने भएका छन्।

कोभिड–१९ महामारीसँगैको जारी बन्दाबन्दीले हिँड्डुलमा कठिनाइ भई बिरामीहरू आफ्नो नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल वा चिकित्सकको सम्पर्कमा आउन नसक्दा समयमै उपचार वा परामर्श नपाएर उनीहरूको रोग बढी च्यापिसकेको अवस्थामा पुग्ने जोखिमलाई न्यूनीकरण गर्न यस्तो सुविधा दिइएको हो।

यसअनुसार आफ्ना सम्पूर्ण विद्यालयका प्रिन्सिपल, शिक्षक एवं कर्मचारीहरुलाई घरमा नै बसेर अनलाइन भिडियो कन्सल्टेसन सर्भिसमार्फत मेरो डक्टरमार्फत कुनै पनि स्वास्थ्य परामर्श गर्नसक्ने व्यवस्था एक महिनाको लागि निःशुल्क मिलाइएको छ।

मिदास टेक्नोलोजिज प्रालिले सञ्चालनमा ल्याएको मेरो डक्टरमा २०० भन्दा बढी विशेषज्ञ डाक्टरहरु नियमित रुपमा भिडियोमार्फत परामर्श दिन उपलब्ध रहेको बताइएको छ।

बिरामीहरुले मोबाइल अथवा ल्यापटपमार्फत कुनै पनि समय र स्थानबाट मेरो डक्टरमा उपलब्ध कुनै पनि डाक्टरहरुसँग एपोइन्टमेन्ट लिई दोहोरो संवाद गरेर स्वास्थ्य परामर्श लिन सक्नेछन्।

सेवा कसरी लिने ?
-बिरामीहरुले मोबाइल अथवा ल्यापटपमार्फत् कुनै पनि समय र स्थानबाट यो टेलिमेडिसिन सेवा लिन सक्नेछन्।
-यदि एन्ड्राेइड फोन प्रयोगकर्ता भएमा गुगल प्ले स्टोरबाट ‘मेरो डक्टर’ एप डाउनलोड गर्न सकिन्छ ।
-आइओएस फोन प्रयोगकर्ता भएमा एप्पल स्टोरमा गएर ‘मेरो डक्टर’ एप डाउनलोड गर्न सकिन्छ ।
-ल्यापटप वा डेक्सटपबाट यो सेवा लिन चाहेमा ‘मेरोडक्टर डटकम’ टाइप गरेर यो सेवा लिन सकिन्छ ।
-‘मेरो डक्टर’ कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा वेबसाइटबाटै मद्दत लिन सकिन्छ। वा निम्न फोन नम्बरहरूमा सम्पर्क गर्न सकिन्छ ः ९८४७६९११२९, ९८२३०१२५८१, ९८४७३९३१५३, ९८४७३९६५३६

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad