ad ad

कारोबार


सगरमाथाको सफल आरोहण गरेको बहरेनी टोली स्वदेश फर्कियो

सगरमाथाको सफल आरोहण गरेको बहरेनी टोली स्वदेश फर्कियो

नेपालखबर
जेठ १८, २०७८ मंगलबार ८:४६,

सर्वोच्च शिखर सगरमाथा सफल आरोहण गरेको बहरेनी राजपरिवारको टोली मंगलबार फिर्ता भएको छ।

बहरेन रोयल एयरमार्फत राजपरिवार सदस्यसहित १६ जनाको टोली स्वदेश फर्किएको हो।

त्रिभुवन विमानस्थलका प्रमुख प्रताप बाबु तिवारीले बहरेनी राजपरिवार सदस्य सफल आरोहणपछि स्वदेश फर्किएको जानकारी दिए।

सगरमाथा आरोहणका लागि बहरेनी राजपरिवार सदस्यसहित १६ जनाको टोली चैत २ गते नेपाल आइपुगेको थियो।

१६ जनामा बहरेनी राजपरिवारका सदस्य शेख मोहम्मद हमाद मोहम्मद अल खालिफासहित बहरेन रोयल गार्डमा कार्यरत १३ जना र ३ जना बेलायती नागरिक रहेका थिए।

यसअघि बहरेनको टोलीले २०७७ भदौ ३१ मा विशेष विमानमार्फत काठमाडौं आई मनास्लु र लोबुचे हिमाल आरोहण गरी फर्किएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .