ad ad

कारोबार


राष्ट्रिय वाणिज्य बैंक र ग्रामीण उद्यम विप्रेषण आयोजनाबीच कर्जा सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र ग्रामीण उद्यम विप्रेषण आयोजनाबीच कर्जा सम्झौता

नेपालखबर
भदौ ३, २०७६ मंगलबार ६:३२,

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको ग्रामीण उद्यम तथा विप्रेषण आयोजना ‘समृद्धि’बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र ग्रामीण उद्यम तथा विप्रेषण आयोजनाका निमित्त आयोजना प्रमुख अजय बर्तौलाले हस्ताक्षर गरेका हुन्।

सम्झौतापछि ग्रामीण उद्यम तथा विप्रेषण आयोजनाको सिफारिसमा वैदेशिक रोजगारीमा गएका परिवार तथा वैदेशिक रोजगारीबाट फर्केका कृषिकार्य गर्न चाहने उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जाअन्तर्गत सहुलियत दरमा कर्जा लगानी गर्ने बैंकले जनाएको छ। 

समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सम्झौतापछि वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषण उत्पादनशील क्षेत्रमा लगानी भई सरकारको नीति तथा कार्यक्रमको कार्यन्वयनमा थप सघाउ पुगी रोजगारी सृजना समेत हुने बताए। श्रेष्ठले बैंकको ७ प्रदेश ७७ वटै जिल्लामा रहेको २ सय २२ वटै शाखा कार्यालयहरुबाट यो कर्जा लिन सकिने बताए।

ग्रामीण उद्यम तथा विप्रेषण आयोजनाका निमित्त आयोजना प्रमुख अजय बर्तौलाले आयोजनाकोे सिफारिस बमोजिम लगानी भएको कर्जाको असुलीमा आयोजनाकोे पनि नैतिक दायित्व रहने बताए। उनले आयोजनाले हाल मोरङ्ग, सुनसरी, उदयपुर, धनकुटा, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, खोटाङ्ग, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सिन्धुली, सर्लाही, रौतहट, बारा जिल्लामा कार्य गरिरहेको बताए।

उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु कबिराज अधिकारी, केशबप्रसाद लम्साल, उपकार्यकरी अधिकृतहरु महेन्द्रप्रसाद अवस्थी, सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु, आयोजनाका ग्रामीण बित्त विशेषज्ञ सन्तोष अधिकारी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा कृषि तथा सामाजिक बैंकिङ्ग विभागका प्रमुख राज्य लक्ष्मी खड्गीले कार्यक्रम सञ्चालन गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .