चौधरी ग्रुप (सीजी)ले मंगलबारबाट काठमाडाैं उपत्यकामा इन्टरनेट सेवा सुरु गरेको छ।
ग्रुपअन्तर्गतको सीजी नेटले बजारमा उपलब्ध इन्टरनेट सेवाभन्दा आधा सस्तोमा सीजी नेट सुरु गरेको हो।
चौधरी ग्रुपका निर्वान चौधरीले आजबाट उच्चतम स्पिडको इन्टरनेट सुरु गरेको जानकारी दिएका छन्।
उनले वर्ल्ड कलास प्रविधिको इन्टरनेट सस्तो मूल्यमा उपलब्ध गराएको बताएका छन्। हाल काठमाडौं उपत्यकामा मात्रै लञ्चिङ गरे पनि छिट्टै नेपालभर इन्टरनेट सुविधा उपलब्ध हुने बताएका छन्।
सबैभन्दा छिटो र सस्तो नाराका साथ इन्टरनेट सेवा सुरु गरेको सीजीले जनाएको छ।
CG Net launches today with the highest speed and user experience using world class technology at the lowest price. We are launching in Kathmandu and soon rest of Nepal. Commitment towards a better Digital Nepal. #SpeedMatters #CGNet pic.twitter.com/XL6nA4bPgg
— Nirvana Chaudhary (@BeingNirvana) June 1, 2021टेलिकममा फाइभजी सेवा सुरु गर्न अनुमति नपाएको चौधरी ग्रुपले इन्टरनेट सेवा सुरु गरेको छ।
कम्पनीले १२० एमबीपीएस स्पिडको इन्टरनेट मात्रै ९ सय ९९ रुपैयाँमा उपलब्ध गराउँदै छ।
कम्पनीले १२० एमबीपीएसको लागि इन्टरनेटको १ महिनाका लागि ९ सय ९९ रुपैयाँ, ३ महिनाको लागि २ हजार ९ सय ९७ रुपैयाँ, छ महिनाको लागि ५ हजार ९ सय ९४ रुपैयाँ, १ वर्षको लागि ११ हजार ९ सय ८८ रुपैयाँमा इन्टरनेट जडान गर्ने सुुरुवाती अफर गरेको छ।
सीजी नेट जडान गर्दा तार र जडान निःशुल्क हुनेछ। इन्टरनेट जडान गर्दा ५ सय रुपैयाँ रिफन्डेबल डिपोजिट गर्नुपर्छ। १ वर्षको इन्टरनेट जडान गर्दा राउटर फ्रि उपलब्ध हुने कम्पनीले जनाएको छ।
१ महिनाको लागि मात्रै जडान गर्नेको लागि महंगो पर्ने कम्पनीले उल्लेख गरेको छ। सिंगल ब्यान्ड राउटर प्रयोग गरे २५ सय र डुअल बेन्ड राउटर प्रयोग गरे ३५ सय रुपैयाँ तिर्नुपर्नेछ।
३ महिनाको लागि इन्टरनेट लिनेले सिंगल बेन्ड राउटरको २ हजार र डुअल बेन्ड राउटरको ३ हजार तिर्नुपर्ने हुन्छ।
६ महिनाको लागि इन्टरनेट जडान गर्नेले सिंगल बेन्डको १५ सय र डुअल बेन्डको प्रयोग गर्ने भए २५ सय रुपैयाँ तिर्नुपर्ने कम्पनीले जनाएको छ।
राउटर फिर्ता गरे ५ सय रिफन्डेबल फिर्ता हुने सीजी नेटले जनाएको छ। कम्पनीले सुरुमा काठमाडौं उपत्यकामा इन्टरनेट सेवा उपलब्ध गराउने जानकारी गराएको छ।

प्रतिक्रिया