सरकारले जयनगर–जनकपुर–कुर्था र जोगबनी–विराटनगर खण्डमा रेल सञ्चालन गर्ने घोषणा गरेको छ। बर्दिवास रेल्वे स्टेसनको निर्माण गरिने बताइएको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वार्षिक बजेट प्रस्तुत गर्ने क्रममा सो घोषणा गरेका हुन्।
पूर्वपश्चिम रेलमार्ग अन्तर्गत निजगढ–वर्दिबास रेलमार्गको ट्रयाक बेड निर्माण सम्पन्न गर्ने पनि घोषणा गरिएको छ।
सरकारले काकडभित्ता–इनरुवा खण्डको जग्गा अधिकारणको काम सम्पन्न गरिने जनाएको छ।
रक्सौल–काठमाडौं र केरुङ–काठमाडौंको विस्तृत परियोजना प्रतिवेदन तयार पारिने सरकारले दाबी छ।
रेलमार्ग निर्माणको लागि १० अर्व ३ करोड बजेट विनियोजन गरिएको छ।
यो पनिः बजेट भाषण सुरु (लाइभ)

प्रतिक्रिया