सरकारले चालू आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय कुल गार्हस्थ्य उत्पादनमा ५.८ प्रतिशतले वृद्धि भएको अनुमान गरेको छ।
अर्थमन्त्री विष्णु पौडेलका अनुसार नेपालीको प्रतिव्यक्ति आय अमेरिकी डलर ११९१ पुगेको अनुमान छ।
आर्थिक सर्वेक्षण जारी गर्दै अर्थ मन्त्रालयले प्रतिव्यक्ति कुल राष्ट्रिय आय ५.० प्रतिशतले वृद्धि भई अमेरिकी डलर ११९६ पुगेको अनुमान गरेको छ।
त्यस्तै प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आम्दानी ४.५ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १४८६ पुगेको अनुमान गरिएको छ।

प्रतिक्रिया