प्रभु बैंक लि. ले वार्षिक ८.५ प्रतिशत ब्याजदरमा प्रत्येक तीन/तीन महिनामा ब्याज भुक्तानी हुने गरी रु. ४ अर्ब बराबरको १० वर्षे ‘प्रभु बैंक डिबेञ्चर–२०८७’ नामक ऋणपत्र यही जेठ ११ गतेदेखि निष्काशन गर्ने भएको छ।
बैंकले प्रति कित्ता १ हजाररुपैयाँ अंकित मूल्यको ४० लाख कित्ता डिबेञ्चरले हुन आउने कुल रकम रु. ४ अर्ब मध्ये १६ लाख कित्ता डिबेन्चर अर्थात् १ अर्ब ६० करोड ऋणपूँजी रकम (५ प्रतिशत अर्थात् ८० हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्टयाइएको समेत) सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिने तथा २४ लाख कित्ता डिबेञ्चरले हुन आउने कुल रु. २ अर्ब ४० करोड ऋणपूँजी रकम विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ।
सो ऋणपत्र खरिदका लागि छिटोमा जेष्ठ १६ गतेसम्म आवेदन दिनु पर्नेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि जेष्ठ २६ गतेसम्म लम्बिनेछ। लगानीकर्ताले सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट न्युनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
बैंकको ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धक श्री मेगा क्यापिटल मार्केट्स लि. रहेको छ।
Shares

प्रतिक्रिया