सेयरबजारमा आज नेप्सेले नयाँ उचाइ लिएको छ। बजार परिसूचक नेप्से २८ सय २० अंकमा पुगेको हो।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज ३२.८१ अंकले बढेको नेप्से नयाँ उचाइमा पुग्दा सेन्सिटिभ सूचक पनि ८.२३ अंकले उकालो लागेको छ।
आज बजारमा २२० कम्पनीको २ करोड ५१ लाख ६३ हजार कित्ताभन्दा बढी सेयर बिक्री भएको छ।
दिनभरिमा १ लाख २६ हजार पटकको खरिदबिक्रीपछि ११ अर्ब ६९ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ।
आज होटल तथा पर्यटन, निर्जीवन बीमा, माइक्रोफाइनान्सको बाहेक बाँकी समूहको सूचक उकालो लागेको छ।
आज पनि पुनर्बीमा कम्पनीको सर्वाधिक ४१ करोडको कारोबार भएको छ। यसबाहेक नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३७ करोडको, ज्योति विकास बैंक लिमिटेडको २३ करोडको, मेगा बैंकको २२ करोड ४७ लाखको र गरिमा विकास बैंकको २२ करोड २४ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
आज लगानीकर्ताले ३.७३ प्रतिशतसम्म गुमाएका छन् भने १६ वटा कम्पनीका लगानीकर्ताले १० प्रतिशत वा सोही हाराहारीमा आम्दानी गरेका छन्।
Shares

प्रतिक्रिया