ad ad

कारोबार


अक्सिजन प्लान्ट स्थापना गर्ने कर्जा बैंकहरुले आधार दरमै उपलब्ध गराउनुपर्ने

अक्सिजन प्लान्ट स्थापना गर्ने कर्जा बैंकहरुले आधार दरमै उपलब्ध गराउनुपर्ने

नेपालखबर
जेठ ४, २०७८ मंगलबार १०:५०,

बैंकहरुले अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनको कर्जा माग भए बैंकहरुले आधार दरमै त्यसको व्यवस्था गर्नुपर्ने व्यवस्था गर्ने भएको छ।

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले नेपालमा हाल सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्ट वा अक्सिजन प्लाण्ट स्थापना गर्ने प्रयोजनको लागि कर्जा माग भएमा बैंक तथा वित्तीय संस्थाहरुले आधार दरमा नै कर्जा उपलब्ध गराउने व्यवस्था मिलाइने जनाएको हो।

मौद्रिक नीति समीक्षामा भनिएको छ, ‘नेपालमा हाल सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लान्टको लागि ५० करोडसम्म तथा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनको लागि २० करोडसम्मको कर्जालाई एक वर्षको लागि विशेष पुनर्कर्जा उपलब्ध गराउने व्यवस्था मिलाइनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .