ad ad

कारोबार


सगरमाथा चढ्ने क्रममा लडेर एक शेर्पाको मृत्यु

सगरमाथा चढ्ने क्रममा लडेर एक शेर्पाको मृत्यु

नेपालखबर
जेठ ४, २०७८ मंगलबार १०:२,

सगरमाथामा एक जनाको लडेर मृत्यु भएको छ।

सगरमाथाको क्याम्प १ र २ को बीचमा आरोहणका क्रममा एक जना शेर्पाको लडेर मृत्यु भएको हो।

पर्यटन विभागकी निर्देशक मिरा आचार्यले मंगलबार बिहान उनको लडेर मृत्यु भएको पुष्टि गरेकी छिन्।

पर्यटन विभागले सगरमाथामा चक्रवातको कारण भने कुनै क्षति नभएको जनाएको छ।

चक्रवातका कारण क्याम्प ४ मा करिब ३५ वटा क्याम्पमा क्षति पुगेको सामाजिक सञ्जालमा आए पनि विभागले त्यसलाई अस्वीकार गरेको छ।

‘क्याम्प ४ मा कुनै क्षति भएको भए अहिलेसम्म जानकारी आइसक्थ्यो’, आचार्यले भनिन्, ‘चक्रवातको कारण हिमालमा कुनै क्षति भएको छैन। तर चक्रवात आउनसक्ने भएकाले सबैलाई सतर्क रहन आग्रह गरेका छौँ।’

विभागले सूचना जारी गर्दै जेठ ७ गतेसम्म ताउते नामक शक्तिशाली चक्रवात आउन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ।

‘पर्वतारोहणका लागि विभिन्न हिमाल अवस्थित क्षेत्रमा भएका पर्यटक तथा पर्यटकलाई व्यवस्थापन गर्ने एजेन्सीहरुले स्थानीय मौसमको ख्याल गरी पर्यटकलाई सुरक्षित स्थानमा राख्ने प्रबन्ध गर्न अनुरोध रहेको छ’, विभागले जारी गरेको सूचनामा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .