सेयरबजारमा हरियाली छाएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से २०.७१ अंकले बढेर २७ सय ५९ दशमलव २१ अंकमा पुगेको छ।
सेन्सिटिभ सूचक पनि ४.४५ अंकले बढेको छ। आजको कारोबारमा २ सय १८ वटा कम्पनी सामेल भएका छन्। उनीहरुको एक करोड ९० लाख ५६ हजार कित्ता सेयर बिक्री भएको नेप्सेले जनाएको छ।
१ लाख १ हजारभन्दा धेरै पटकको खरिदबिक्रीपछि सोमबार ९ अर्ब ५७ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ। आज होटल र पर्यटन, विकास बैंक, उत्पादन समूहको बाहेक बाँकी समूहको सूचक उकालो लागेको छ।
सर्वाधिक कारोबारकर्ता पुनर्बीमाको मात्रै आज ६६ करोडको कारोबार भएको छ। त्यस्तै नेपाल टेलकमको ४२ करोडको, शिखर इन्स्योरेन्सको ३१ करोडको कारोबार भएको छ।
आज रुरु जलविद्युत् परियोजना लिमिटेडका लगानीकर्ताले १० प्रतिशत आम्दानी गरेका छन्।
त्यस्तै समता घरेलु लघुवित्त, राधी जलविद्युत् लगायतका कम्पनीको लगानीकर्ताले पनि आज सोही हाराहारीमा कमाएका छन्। गुमाउनेले आज १.९४ प्रतिशतसम्म मात्रै गुमाएको नेप्सेले जनाएको छ।
प्रतिक्रिया