ad ad

कारोबार


सीईडीबी हाइड्रोको आईपीओ बाँडफाँट

सीईडीबी हाइड्रोको आईपीओ बाँडफाँट

नेपालखबर
बैशाख ३१, २०७८ शुक्रबार ९:३६,

सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आईपीओ बाँडफाँट भएको छ।

बिक्री प्रबन्धक सनराइज क्यापिटलले आज भर्चुअल माध्यमबाट आईपीओ बाँडफाँट गरेको हो।

कम्पनीले यही वैशाख १७ देखि २१ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरेको थियो। संस्थाको आईपीओमा १७ लाख ३३ हजार ९४९ जनाले आवेदन दिएका थिए। आवेदन दिएकामध्ये १६ लाख ८५ हजार ६२७ जनाको आवेदन योग्य भएको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ।

आवेदन दिएकामध्ये चार हजार ४४२ जनाको आवेदन रद्द भएको छ। त्यस्तै कूल आवेदकमध्ये १४ लाख तीन हजार ४६४ आवेदकको हात खाली भएको क्यापिटलले जनाएको छ। सोह« लाख ८५ हजार ६२७ जनालाई गोलाप्रथामा सहभागी गराई दुई लाख ३४ हजार १९५ जनाले सेयर १० कित्ताका दरले पाएका छन्। दुई लाख ३४ हजार १९५ जनामध्ये चार जनाले भने ११ कित्ता शेयर पाएका छन्।

कम्पनीले रु २५ करोड १८ लाख २३ हजार बराबरका २५ लाख १८ हजार २३० कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गरेको थियो। त्यसमा दुई प्रतिशतका दरले ५० हजार ३६५ कित्ता शेयर कर्मचारीका लागि र पाँच प्रतिशत अर्थात् एक लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी २३ लाख ४१ हजार ९५४ कित्ता अन्य सर्वसाधारणमा बाँडफाँट गरिएको थियो।

आईपीओको नतिजा मेरोशेयर, सीडीएसले आईपीओ नतिजाका लागि तयार पारेको वेबसाइट र बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइटबाट हेर्न सकिनेछ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .