ad ad

समाज


सिन्धुलीमा बाढीले एक जनालाई बगायो, विपदका घटनाबाट दुईको मृत्यु, चार घाइते

सिन्धुलीमा बाढीले एक जनालाई बगायो, विपदका घटनाबाट दुईको मृत्यु, चार घाइते

नेपालखबर
बैशाख ३१, २०७८ शुक्रबार ९:२९,

सिन्धुलीमा बाढीबाट एक जनाको ज्यान गएको छ। वर्षाका कारण मरिण खोलामा आएको बाढीबाट कमलामाई नगरपालिका-२ कुसुम्टार बस्ने अन्दाजी वर्ष ६० का एक व्यक्तिको निधन भएको हो।

माछा मार्न खोलामा गएका उनलाई बाढीले बगाएको नेपाल विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन विभागले जनाएको छ।

यस्तै, गएको २४ घण्टामा जनावर आक्रमणबाट एक जनाको ज्यान जानुका साथै दुई जना घाइते भएका छन्।

झापाको कमल गाउँपालिका–३ बस्ने अन्दाजी वर्ष ४४ का १ पुरुषलाई रतुवामाई वृक्षारोपन सामुदायिक वन क्षेत्र नजिक जंगली हात्तीको आक्रणमा परी मृत्यु भएको छ।

यस्तै, लमजुको मर्स्याङेदी गाउँपालिका–३ सेल्डोपाखामा घाँस काट्न गएकी वर्ष ४६ की १ महिलालाई घाँस काट्ने क्रममा भालुले आक्रमण गर्दा घाइते भएकी छन्। घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल लमजुङ पठाइएको छ।

यता, चितवनको भरतपुर महानगरपालिका–१२ बस्ने वर्ष २६ की १ महिला राईनो ताल नजिकै निउरो टिपन जाने क्रममा अचानक गैँडाले आक्रमण गरि घाइते भएकी छन्। घाइतेको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

यस्तै, भरतपुर महानगरपालिका–२ हङकङ बजार स्थित आधुनिक सुनचाँदी पसलमा ग्यास लिक भई आगलागी हुँदा पसलमा काम गर्ने वर्ष २७ र वर्ष ४३ का २ जना पुरुष घाइते भएका छन्। सँगैको कपडा पसलमा पनि क्षति पुगेको छ। घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भईरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .