अन्तर्राष्ट्रिय उडान जेठ १७ गतेसम्म बन्द भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल र भारतबीचको उडान बाहेक सबै उडान स्थगन भएको जनाएको हो।
प्राधिकरणले मे ३१ अर्थात जेठ १७ गते सोमबारसम्म एयर बबल सुविधाबाहेकका उडान स्थगन भएको जनाएको छ।
सरकारले यसअघि बैशाख २३ गते रातिबाट ३१ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको थियो।
प्राधिकरणले आन्तरिक उडान के हुने भन्ने विषयमा भने जानकारी दिएको छैन। सरकारले आन्तरिक उडान पनि बैशाख ३१ गतेसम्म बन्द गराएको छ।
प्रतिक्रिया