कारोबार


चीनबाट स्वास्थ्य सामग्री बोकेर आएको निगमको जहाज ५० मिनेटदेखि आकाशमै होल्ड

चीनबाट स्वास्थ्य सामग्री बोकेर आएको निगमको जहाज ५० मिनेटदेखि आकाशमै होल्ड

नेपालखबर
बैशाख २८, २०७८ मंगलबार १०:६,

चार सय अक्सिजन सिलिन्डर बोकेर आएको नेपाल वायुसेवा निगमको वाइडबडी ५० मिनेटदेखि नेपाली आकाशमै होल्डमा रहेको छ।

साेमबार राति चीनको बेइजिङमा गएको वाइडबडी २ः३५ मा त्रिभुवन विमानस्थल अवतरण गर्नुपर्ने भए पनि ढिलाइ भइरहेको छ।

त्रिभुवन विमानस्थलको टीडीओ कार्यालयले भने विमानस्थलमा कुनै समस्या नभई जहाजको आफ्नै आवश्यकताअनुसार होल्डमा बसेको जनाएको छ।

करिब ३ बजे नेपाली आकाशमा प्रवेश गरेको जहाज निजगढ क्षेत्रमा छ पटक घुमिसकेको छ।

नेपाल वायुसेवा निगमका अनुसार ४ सय थान अक्सिजन सिलिन्डर, १० थान भेन्टिलेटर र १७३ थान अक्सिजन कन्सन्ट्रेटर जहाजमार्फत ल्याइएको छ।

चीन सरकारले नेपालमा अक्सिजन सिलिन्डर अभाव भएसँगै २० हजार सिलिन्डर अनुदानमा दिने बताएको थियो। जसअनुसार पहिलो लटमा ४ सय सिलिन्डर ल्याइएको हो।

सरकारले करिब २ हजार सिलिन्डर हवाइमार्गबाट र बाँकी स्थलमार्गबाट ल्याउने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad