कारोबार


कोभिड बिरामी उद्धारको लागि हेलिकप्टर चाहियो? यी नम्बरमा फोन गर्नुस्

कोभिड बिरामी उद्धारको लागि हेलिकप्टर चाहियो? यी नम्बरमा फोन गर्नुस्

नेपालखबर
बैशाख २८, २०७८ मंगलबार ६:३५,

हवाइ सेवा सञ्चालकहरूको छाता संगठन वायु सेवा सञ्चालक संघले कोभिड उद्धारको लागि आवश्यक पर्ने नम्बर सार्वजनिक गरेको छ।

सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर कम्पनीहरुलाई अतिरिक्त भाडा घटाउन निर्देशन दिँदै बिचौलिया हटाउन र हेलिकप्टर कम्पनीलाई फोन नम्बर सार्वजनिक गर्न निर्देशन दिएको थियो।

सोहीअनुसार वायुसेवा सञ्चालक संघले विज्ञप्ति जारी गर्दै कोभिडका बिरामी उद्धारका नाममा बढी भाडा नलिन आफ्ना सबै सदस्य कम्पनीलाई अनुरोध गरेको छ।

अहिलेको परिस्थितिमा सदस्य वायुसेवा कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व सम्झी कोभिड बिरामी उद्धार उडानमा खटिएको स्मरण गराउँदै संघले नियामक क्यानको नीति नियममा रहेर उडान गरिरहेको स्पष्ट पारेको छ।

संघले तीन वर्षअघि क्यान र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरेको एएस ३५० हेलिकोप्टरको युएस डलर १५०० प्रतिघण्टा एवम् रोविन्सन्स हेलिकोप्टरहरूको युएस डलर एक हजार प्रतिघण्टा दरभाउमा हाल पनि उडान गर्दै आइरहेको र हाल सो दरभन्दा पनि कममा उडान गरिरहेको संघले जनाएको छ।

कोभिड बिरामी उद्धार उडानमा मात्र संलग्न भएका कम्पनीका प्रतिनिधिहरूलाई सम्पर्क गर्नसमेत अनुरोध संघले गरेको छ।

यदि कहीँ कतै बढी रकम लिएको र गलत गरेको लागेमा यस संघ र क्यानमा सिधै सम्पर्क गरी गुनासो एवं जानकारी गराई दिनसमेत सबैमा अनुरोध गरेको छ।

कोभिड उद्धार उडान गर्ने कम्पनी एवम् आधिकारिक व्यक्तिहरूको सम्पर्क नंः

१. अल्टिच्युड एयर प्रालि ९८०१२४९९१७, ९८०१२४९९०७, ०१–४४८९३००
२. हेली एभरेष्ट प्रालि ९८४१५५७५०९, ९८१३२४०१३९, ०१–४११३०३६
३. कैलाश हेलिकोप्टर प्रालि ९९८५१०३००१३, ९८५११२९२५४, ०१–५९००५०१
४. मनाङ एयर प्रालि ९८०११८०४६२, ९८०११८०४६३, ०१–४४८८०१६
५. श्री एयरलाइन्स प्रालि ९८५१०२६१९७, ९८०२३०००२३, ९८५१०१२५०५
६. सिम्रिक एयर प्रालि ९८५१०१०६९६, ९८५१०१०६९८, ०१–४१५५३४०

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad