कारोबार


आफ्नै कीर्तिमान तोड्दै कामिरिताले चढे २५औँ पटक सगरमाथा

आफ्नै कीर्तिमान तोड्दै कामिरिताले चढे २५औँ पटक सगरमाथा

नेपालखबर
बैशाख २४, २०७८ शुक्रबार १३:२४,

नेपाली आरोही कामिरिता शेर्पाले २५औँ पटक सगरमाथाको चुचुरोमा पुगेर आफ्नो कीर्तिमान तोडेका छन्।

याे वर्ष वसन्त ऋतुको पहिलाे आरोहणका रुपमा उनीसहित १२ जनाले सगरमाथाको चुचुरोमा टेकेका हुन्।

सेभेन समिटका अनुसार साँझ ६ बजे उनी सगरमाथाको चुचुरोमा पुगेका हुन्। शेर्पाले सगरमाथाको चुचुरोमा डोरी टाँग्ने टोलीको नेतृत्व लिएका थिए।

kamirita 25th time in everest2

उनले पहिलो पटक सन् १९९४ मा सगरमाथा आरोहण गरेका थिए। त्यसबाहेक उनी पाकिस्तानको केटु हिमाल, नेपालकै ल्होत्से, मनास्लु, चोयु हिमाल आरोहण गरिसकेका छन्।

उनले ८ हजार मिटरमाथिको हिमाल धेरै पटक आरोहण गर्नेमा समेत रेकर्ड बनाएका छन्।

कामिरितासहित शुक्रबार डोरी टाँग्दै सगरमाथाको चुचुरोमा पुग्नेमा फुर्तान्जी शेर्पा, लाक्पा नुर्बु शेर्पा, निङमा टासी शेर्पा, मिङ्गमा टान्जी शेर्पा, फुरा टिसिरिङ शेर्पा, तेन्जिङ शेर्पा, चेतन दोर्जे शेर्पा, फुर्बा छोटार शेर्पा, मिङ्गमा दोर्ची शेर्पा र फुर्बा कुसाङ शेर्पा सगरमाथाको चुचुरोमा पुगेका छन्।

पर्यटन विभागका अनुसार यो वर्ष सगरमाथा आरोहणका लागि ४ सय बढी आरोहीले अनुमति पाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad