कारोबार


पर्यटकको उद्धार गर्न पर्यटन बोर्डले गठन गर्‍यो विपद् व्यवस्थापन तथा सञ्चार सेल

पर्यटकको उद्धार गर्न पर्यटन बोर्डले गठन गर्‍यो विपद् व्यवस्थापन तथा सञ्चार सेल

नेपालखबर
बैशाख २३, २०७८ बिहिबार ६:४९,

पर्यटकको उद्धार तथा समन्वयको लागि नेपाल पर्यटन बोर्डले विपद् व्यवस्थापन तथा सञ्चार सेल गठन गरेको छ।

कोरोना भाइरसको दोस्रो चरणको संक्रमण बढ्दै जाँदा सरकारले देशका विभिन्न भागमा जारी गरेको निषेधाज्ञाका कारण अप्ठ्यारोमा पर्ने पर्यटकको उद्धारको लागि सेल गठन गरिएको हो।

सेलले पर्यटकहरूको उद्धार तथा समन्वयका साथै नेपाल भारत एयर बबल सम्झौताअनुरुप भारतबाट नेपाल आउने यात्रुहरुको होटल क्वारेन्टिन व्यवस्थापन र अनुगमनलगायतका काममा सहजीकरण गर्नेछ।

सोहीबमोजिम बोर्डले बुधबार गृह मन्त्रालयको समन्वयमा देशका विभिन्न भागबाट पर्यटकहरूको उद्धार गरी काठमाडौं ल्याएको छ।

जसअनुसार लाङटाङबाट ५ जना पोलिस, पोखराबाट ४ जना युक्रेनी र लुक्लाबाट २ जना अमेरिकन गरी ११ जना विदेशी नागरिकलाई उद्धार गरी काठमाडौं ल्याएको हो।

यस्तै बोर्डले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बुधबारको निर्णयअनुसार बोर्डले हवाइ यात्रुको होटल क्वारेन्टिन मापदण्ड तयार गरी मन्त्रालयबाट सूचीकृत होटलहरूसँग सम्पर्क र समन्वय गरी सहजीकरण गरेको जनाएको छ।

बोर्डले महामारीको समयमा आवश्यक सूचनाको अभावमा कुनै पर्यटकहरू कतै अलपत्र पर्न नपरोस् तथा अन्य सरोकारवाला निकायहरूले समेत आवश्यक परेको समयमा ९८५१२५२६६६ सिधै सम्पर्क गर्न सकिने जनाएको छ।

बोर्डले देशका विभिन्न भागमा रहेका पर्यटकहरू सम्पर्कमा रहन तथा उद्धारको लागि अनलाइन ट्राभेलर लोकेटरबाट तथ्याङ्कहरु संकलन गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .