कारोबार


आन्तरिकतर्फ ४१ उद्धार उडान

आन्तरिकतर्फ ४१ उद्धार उडान

नेपालखबर
बैशाख २२, २०७८ बुधबार १५:५९,

कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले यही वैशाख २० गते रातिदेखि मुलुकको आन्तरिक हवाई उडान स्थगन गरेको छ।

यस अवधिमा हेलिकोप्टर कम्पनीका केही उद्धार उडान सञ्चालन भइरहेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आज दुई जहाज कम्पनी तथा १० हेलिकोप्टर कम्पनीले ४१ उडान गरेका छन्। यी उडानबाट १७८ यात्रुले सेवा लिएका छन्।

विमानस्थलका महाप्रवन्धक प्रतावबाबु तिवारीका अनुसार सबै उडान पर्वतारोहणमा जानेका लागि उद्धार उडान तथा कार्गो उडानको हो। वसन्त यामको हिमाल आरोहण चलिरहेको छ।

सगरमाथासहितका हिमाल आरोहणका लागि स्वदेशी तथा विदेशी गन्तव्यमा जान पनि अहिले धेरै हेलिकोप्टरको उडान छ। सबैभन्दा बढी लुक्लामा हेलिकोप्टर उडान भइरहेको छ।

आज यती एयरलाइन्सको दुई, समिट एयरको दुई र सीता एयरको एक उडान भएको छ। त्यसैगरी हेलिकोप्टरतर्फ अल्टिच्युट एयर, सिम्रिक एयर र प्रमु हेलिकोप्टरले समान ६ उडान गरेका छन्।

कैलाश हेलिकोप्टर र मनाङ एयरले समान पाँच तथा हेली एभरेष्ट, माउन्टेन हेलिकोप्टरले समान दुई उडान गरेका छन्। मनाङ एयरले तीन र एयर डाइनेस्टिले एक उडान गरेको विमानस्थलले जनाएको छ।

यसअघि मङगलबार आन्तरिकतर्फ हेलिकोप्टरको २३ तथा नेपाल एयरलाइन्सको एक र बुद्ध एयरको दुई उडान भएको थियो।

अन्तर्राष्ट्रियतर्फ आगमन र प्रस्थान दुबैगरी ४३ उडान भएको विमानस्थलले जारी गरेको उडान विवरणमा उल्लेख छ। त्यसअघि वैशाख २० गते विभिन्न एयरलाइन्सका ४१ उडानमार्फत सात हजार २२५ यात्रुले सेवा लिएका थिए। अन्तरराष्ट्रिय उडान २३ गते रातिदेखि स्थगित हुनेछ।

मन्त्रिपरिषद्को वैशाख १९ मा भएको बैठकले बैठकले कोरोना रोकथामका लागि आन्तरिक र अन्तरराष्ट्रिय उडान वैशाख मसान्तसम्मका लागि स्थगन गर्ने निर्णय गरेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad