नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी ओलीको असभ्य राजनीतिक चरित्रको मतियार भएको आरोप लगाएका छन्।
मंगलबार राष्ट्रपतिले सरकारको सिफरिसमा सात वटा अध्यादेश जारी गरेको प्रशंग उल्लेख गर्दै थापाले विश्वासको मत लिने घोषणा गरेका प्रधानमन्त्रीले संसद छलेर अध्यादेश जारी गर्ने कदमलाई ‘अराजनीतिक र संविधानको मर्म विपरित’ भनेर टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमा उनले अध्यादेश फिर्ता गरी संसदको आगामी सत्रमा विधेयकका रूपमा पेश गर्न माग पनि गरेका छन्।
विश्वासको मत लिने घोषणा गरेका प्रधानमन्त्रीले संसद छलेर अध्यादेश जारी गर्नु अराजनीतिक छ,संविधानको मर्म विपरित छ।राष्ट्रपतिज्यू, खड्गप्रसाद ओलीको असभ्य राजनीतिक चरित्रको मतियार हुनु हाम्रो लोकतन्त्रको दुर्भाग्य हो।अध्यादेश फिर्ता गरी संसदको आगामी सत्रमा विधेयकका रूपमा पेश गरियोस्।
— Gagan Thapa (@thapagk) May 4, 2021

प्रतिक्रिया