कारोबार


मेटलाइफ नेपालको कोभिड केयर सहायता कार्यक्रमः ३ कार्यदिनमैे बीमा भुक्तानी, सबै कागजात अनलाइनबाटै

मेटलाइफ नेपालको कोभिड केयर सहायता कार्यक्रमः ३ कार्यदिनमैे बीमा भुक्तानी, सबै कागजात अनलाइनबाटै

नेपालखबर
बैशाख १९, २०७८ आइतबार ८:१०,

हाल व्याप्त कोभिड–१९ को अवस्थाबाट प्रभावित ग्राहकहरुको सहयोगार्थ मेटलाइफ नेपालले कोभिड केयर सहायता कार्यक्रम सुरु गरेको छ।

यसअन्तर्गत कोभिड–१९ का कारण भएको मृत्युदाबीमा ३ कार्यदिनभित्रै द्रुतमार्गी बीमा भुक्तानी सेवा प्रदान गरिने कम्पनीले जनाएको छ।

यसअन्तर्गत दाबीकर्तालाई बीमा दाबीका लागि आवश्यक कागजातहरु अनलाइन नै पेश गर्नसक्ने सुविधा दिइएको छ।

लाभार्थीले दाबी भुक्तानी तीन कार्यदिनभित्रै सोझै आफ्नो खातामा प्राप्त गर्न सक्नेछन्। ग्राहकहरुले अधिक जानकारीकालागि सरल चरणबद्ध निर्देशनहरुको अनुशरण गर्न सक्नेछन्।

द्रुतमार्गी दाबीका साथै यस कार्यक्रममा कोभिड लक्षण भएका ग्राहकहरुका लागि ३ वटा निदान केन्द्रहरुसँग घरमै आई पीसीआर परिक्षण प्रदान गर्ने सुविधाको पनि समावेश गरिएको छ।

डाँफे केयरमार्फत कोभिड संक्रमित ग्राहक र उनीहरुमा आश्रित परिवारजनहरुको विशेष हेरचाह प्रबन्धन कार्यक्रममा २० प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ।

१४ दिने हेरचाह प्रबन्धन कार्यक्रममा भर्चुअल डाक्टरहरुद्वारा परामर्श, चिकित्सा परामर्श, निगरानी तथा कोभिड संक्रमित बिरामीहरुलाई आवश्यक औषधी सहयोग समावेश छ ।

यस सुविधाकालागि ग्राहकले केवल ०१–५९७०१६६ मा डायल गरी कलसेन्टरमा सम्पर्क वा [email protected] मा इमेल गर्न सक्नेछन् वा विस्तृत जानकारीका लागि कम्पनीको वेबसाइट वा फेसबुक पेजमा भ्रमण गर्न सक्नेछन् ।

मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले अधिकांश नेपालीहरुका लागि अहिले अत्यन्त कठिन तथा अनिश्चित समय भएकाले जनमानसलाई विश्वासिलो भविष्य निर्माणका लागि मद्दत गर्न कम्पनीले आफ्नो जिम्मेवारीहरु गम्भीरताका साथ लिएको बताए।

उनले भने, ‘आशा राखेका छौं कि यस कोभिड केयर सहायता कार्यक्रमद्वारा हाम्रा ग्राहकहरुलाई कोभिड–१९ बाट उत्पन्न चुनौतीहरुको सामना गर्न केही मात्रामा भएपनि मनशान्ति तथा सुरक्षण प्रत्याभूति प्राप्त हुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .