मारुती सिमेन्ट नेपालकै पहिलो ५३ ग्रेडको ओपीसी सिमेन्ट बनेको कम्पनीले जनाएको छ।
सरकारले ग्रेड उल्लेख गर्न मिल्ने निर्णय गरेपछि कम्पनीले नेपाल गुणस्तर तथा नापतौल विभागबाट ५३ ग्रेड पाएको हो।
यसअघि नै कम्पनीले ४३ ग्रेडको गुणस्तरीय ओपीसी सिमेन्टको मान्यता पाइसकेको छ।
मारुती सिमेन्ट आजभन्दा १५ वर्ष अगाडि नै नेपालकै पहिलो तथा निजीस्तरको सबैभन्दा ठूलो सिमेन्ट उत्पादन गर्ने स्वदेशी उद्योगको रूपमा स्थापना भएको थियो।
पूर्वाञ्चको उदयपुर पहाडी रेन्जमा रहेको आफ्नै चुनढुंगा खानीबाट अत्याधुनिक जर्मन टेक्नोलोजीद्वारा अन्तर्राष्ट्रिय स्तरको सर्वोत्कृष्ट ओपीसी सिमेन्ट (मारुती सिमेन्टको उत्पादन भइरहेको छ।
आगामी दिनहरुमा पनि अझ दरिलो बिस्वसका साथ् आफ्नो गुणस्तरलाई अझ निखार्दै र मजबुत बनाउदै समृद्ध नेपाल बनाउने कार्यदिशामा सदैव अग्रसर रहिरहने कम्पनीका ब्राण्ड तथा मार्केटिङ प्रमुख राजु श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया