कारोबार


राष्ट्रिय वाणिज्य बैंकको आरबीबी मोबााइल बैंकिङ महामेलाका विजयीहरु घोषणा

राष्ट्रिय वाणिज्य बैंकको आरबीबी मोबााइल बैंकिङ महामेलाका विजयीहरु घोषणा

नेपालखबर
बैशाख १५, २०७८ बुधबार ८:४,

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आरबीबी मोबाइल बैंकिङको प्रवर्द्धनको लागि भएको महामेलाका विजयीहरु घोषणा गरिएको हो।

उक्त महामेला गत चैत ५ गतेदेखि यही वैशाख ५ गते सम्म (एक महिना) एफवान सफ्टको सहकार्यमा सञ्चालन भएको थियो।

आरबीबी मोेबाइल बैंकिङ महामेलामा करिब ७३ हजार कारोबारबाट र्यान्डम्ली छनौट भएका नौ जना विजयीहरुको नाम बुधबार एक समारोहका बीच घोषणा गरिएको हो।

सो समारोहमा नयाँ मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुबाट स्वर्णिम पौडेलले थाइल्यान्ड भ्रमणको कपल टुर (फोरएनफाइभडी) मेगा पुरस्कार प्याकेज पाएका छन्।

यसैगरी तुलाराज बोहोरा, प्रविन वली, बालकृष्ण देवकोटा, सिद्धिलाल साह तेली, सृजना नेपाली, सक्षम अधिकारी, प्रेमबहादुर भण्डारी र नुरुलहोडा अन्सारीले सामसुङ्ग ग्यालेक्सी एमओ१ कोर ब्राण्डको एक÷एक थान मोवाइल फोन सेट पुरस्कार प्राप्त गरेका छन्।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नको लागि गत वर्षदेखि एफवान सफ्टको सहकार्यमा महामेला कार्यक्रम सञ्चालन गरिरहेको छ।

यसको लागि बैंकको मोबाइल बैंकिङ्गबाट ग्राहकहरुले कारोबार गर्नुपर्ने हुन्छ। रा.वा. बैंकसंग खाता खोली मोबाइल बैंकिङ्ग (आरबीबी स्मार्ट) बाट डिजिटल कारोबार गर्दा छुटलगायत उपहार पाउने व्यवस्था गरिएको छ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृत देवेश प्रसाद लोहनी, डिजिटल बैंकिङ्ग विभागका विभागीय प्रमुख ऋषिराम ढकाल, एफवान सफ्टका यासमिन गौतम, अलिसा तन्डुकार लगायतको उपस्थिति रहेको थियो।

हाल राष्ट्रिय वाणिज्य बैंकका १४ लाखभन्दा बढी मोबाइल बैंकिङ्गका ग्राहकहरु रहेका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad