भारत अहिले विश्वमै कोरोना महामारीबाट सबैभन्दा बढी पीडित भइरहेको छ। त्यहाँको स्वास्थ्य प्रणाली नै यतिबेला डमाडोल हुने अवस्थामा पुगेको छ।
देशभर अक्सिजन सिलिन्डर नभएर हाहाकार मच्चिएको छ भने बिरामीले एम्बुलेन्स पाउन सकिरहेका छैनन्। मानिस ठेला गाडा र रिक्सामा अस्पताल जान बाध्य छन्। अस्पताल पुगे पनि बेड नपाउँदा संक्रमित मर्न बाध्य भइरहेका छन्।
सामाजिक सञ्जालमा त्यहाँका भयावह तस्बिर तथा भिडिओ भाइरल भइरहेका छन्।
यसै क्रममा एउटा यस्तो हृदयविदारक तस्बिर सामाजिक सञ्जालमा देखिएको छ, जहाँ एक महिला आफ्ना पतिलाई बचाउन मुखमा मुख जोडेर श्वास दिइरहेकी छन्।
यो तस्बिर ट्विटर प्रयोगकर्ता @Samar Raj ले सेयर गरेका हुन्।
क्याम्पसनमा उनले लेखेका छन्, ‘छुँदा पनि फैलिने रोगमा सासबाट सास दिने हिम्मत गर्नु मुर्खता त हो तर प्रेम विवश र लाचार छ, आफ्नालाई बचाउने अन्तिम प्रयास हो, यस्तो अवस्थामा आफ्नो ज्यानको पर्वाह नै कहाँ हुन्छ र !’
यो समाचार तयार पार्दासम्म त्यो तस्बिरलाई ७ हजारभन्दा बढीले लाइक गरिसकेका छन् भने १९ सयभन्दा रिट्विट गरिएको छ। धेरै जना दुःखी भएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार यी महिलाले आफ्ना बिरामी पतिलाई अटोमा लिएर आगराको एसएन मेडिकल कलेज पुर्याएकी थिइन्। पतिलाई सास फेर्न कठिन भएपछि उनले आफ्नो मुखले नै सास दिने प्रयास गरेकी हुन्। तर लाख प्रयास गर्दा पनि उनले पतिलाई बचाउन सकिनन्।
— Samar Raj (@SamarRaj_) April 25, 2021छूने से भी फैल जाने वाली इस बीमारी के दौर में,
सांसों से सांस देने की हिम्मत करना मूर्खता तो है मगर मोहब्बत है, बेबसी है, तड़प है; अपनों को बचाने की आखिरी कोशिश है।
ऐसे हालात में खुद के जान की परवाह कहाँ होती है।#Agra #SNMedicalCollege #OxygenCrisis pic.twitter.com/HThdoe8r9x
यो पनि : भारतमा एक दिनमा साढे ३ लाखभन्दा बढी व्यक्ति संक्रमित, २८ सयभन्दा धेरैको मृत्यु

प्रतिक्रिया