देशैभर कोरोना संक्रमण बढ्ने भयका बीच खुलेको आजको सेयरबजारमा यसको प्रभाव देखिएको छ।
११ बजे खुलेको सेयरबजार यो समाचार तयार पार्दासम्म अर्थात् ४१ मिनेटमै नेप्से सूचक ५४.७६ अंकले घटेको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक ८.९७ अंकले ओरालो लागेको छ।
आजको कारोबारमा एक सय ९७ कम्पनी सामेल छन्। अहिलेसम्म १२ लाख ५९ हजार ६ सय ३५ कित्ता सेयर बिक्री हुँदा ७५ लाख ८८ हजारको कारोबार भएको छ।
सुरुवाती कारोबारमा १३ समूहकै सूचक राताम्य छन्। जीवन र निर्जीवन बीमा सूचक क्रमशः ४०४.१९ र ३१२.९६ अंकले घटेका छन्।

धेरै कारोबारकर्तामा माथिल्लो तामाकोशी अगाडि छ। अहिलेसम्मे उसको ७ करोडको कारोबार भएको छ। त्यस्तै नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ४ करोडको, नबिल बैंकको २ करोडको कारोबार भएको छ।
आज हालसम्म दुईवटा कम्पनीको सकारात्मक सर्किट लाग्दा लगानीकर्ताले झण्डै १० प्रतिशत आम्दानी गरेका छन्। विशालबजारको ९.९९ प्रतिशत र महिला लघुवित्तको ९.९७ प्रतिशतले सेयर मूल्य बढेको छ।
अहिलेसम्म बजारमा कम्पनीहरुले ६.८३ प्रतिशतसम्म गुमाइसकेका छन्।
छिमेकी देश भारतमा कोरोनाले भयावह रुप लिँदा नेपालमा पनि केही दिनयता कोरोना संक्रमितको संख्या बढिरहेको छ। सरकारले फेरि लकडाउन गर्नसक्ने होहल्लाका बीच सेयरबजार नकारात्मक दिशातिर उन्मुख छ।
काठमाडौंमा लकडाउन हुने नहुने आजै उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीले निर्णय लिँदै छन्। यसैको असर सेयरबजारमा परेको हुनसक्छ।

प्रतिक्रिया