ad ad

समाज


सप्तरीमा सरकारको आदेश उल्लंघन गरी स्कुल खोल्ने ११ जना पक्राउ

सप्तरीमा सरकारको आदेश उल्लंघन गरी स्कुल खोल्ने ११ जना पक्राउ

शैलेन्द्र महतो
बैशाख १३, २०७८ सोमबार ५:४०,

सप्तरीमा सरकारको आदेश अटेर गर्दै विद्यालय खोल्ने निजी स्कुलका ११ जना सञ्चालक/शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ।

कोरोना महामरी नियन्त्रण प्रयासस्वरूप सरकारले वैशाख मसान्तसम्म विद्यालय बन्द गर्न भनेको भए पनि खोलेकाले उनीहरूलाई पक्राउ गरिएको सप्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले नेपालखबरलाई जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलको नेतृत्वमा खटिएको अनुगमन टोलीले विद्यालय खुला देखेपछि तिनका सञ्चालक/शिक्षकलाई नियन्त्रणमा लिइएको हो।

अहिले उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको डीएसपी काफ्लेले बताए।

उनीहरूविरुद्ध संक्रामक रोग ऐन–२०२० अनुसार कारबाही गरिने प्रहरीले जनाएको छ।

यी हुन् पक्राउ परेका ११ जना

१. जिल्ला सप्तरी राजविराज नगरपालिका वडा नं. ८ घर भई लक्ष्मी इङ्लिस बोर्डिङ स्कुलका सञ्चालक वर्ष ३८ को राजेशकुमार यादव

२. जिल्ला सप्तरी राजविराज न.पा. ८ बस्ने ऐ.ऐ. (माथिकै) स्कुलका सञ्चालक वैद्यनाथ कुमार झा

३. ऐ.ऐ. बस्ने ऐ. स्कुलका सञ्चालक बुलन्द साह

४‍. जिल्ला सप्तरी राजविराज न.प.५ बस्ने ह्यापी ल्यान्ड माविका सञ्चालक शैलेन्द्रकुमार ठाकुर

५. ऐ. ऐ. बस्ने जानकी सेकेन्डरी स्कुलका शिक्षक हरीकिसुन राम

६. ऐ.ऐ. बस्ने एन्जल बोर्डिङ स्कुलका सञ्चालक नरेन्द्रप्रसाद देव

७. ऐ. वडा न. ०२ बस्ने पिस जोन स्कुलका सञ्चालक उमाकान्त साह

८. ऐ. वडा न. १ बस्ने सिर्जना सेकेन्डरी बोर्डिङ स्कुलका शिक्षक रिमा झा।

९ ऐ. वडा न. ०२ बस्ने लिटिल फ्लावर सेकेन्डरी स्कुलका सञ्चालक डा. कामन्त देव

१०. ऐ. वडा न. ०१ बस्ने ग्रिन इङ्लिस बोर्डिङ स्कुलका शिक्षक मनोज यादव।

११. ऐ. विष्णुपुर गा.पा. वडा न. ०६ बस्ने सिपस बोडिङ स्कुलका सञ्चालक नरेश साह।

11pakrausaptariसरकारी आदेश उल्लंघन गरी विद्यालय खोल्दा पक्राउ परेकाहरू

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .