ad ad

कारोबार


विदेशीलाई आन्तरिक उडानमा भाडादर घटाउने तयारीमा पर्यटनमन्त्री

विदेशीलाई आन्तरिक उडानमा भाडादर घटाउने तयारीमा पर्यटनमन्त्री

नेपालखबर
साउन ३०, २०७६ बिहिबार १४:२१,

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले आन्तरिक उडानमा विदेशी नागरिकलाई लिईने भाडा दर घटाउने संकेत गरेका छन्।

नागरिक उड्डयन प्राधिकरणद्धारा विहिबार आयोजित एभियसन सेफ्टी रिपोर्ट २०१९ सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले आन्तरिक उडानमा विदेशीलाई लिईने भाडा दर घटाउने संकेत गरेका हुन्। आन्तरिक उडानमा विदेशीलाई लिईने भाडाका बारेमा कुटनीतिक नियोगका व्यक्तिहरुबाट धेरै गुनासो आईरहेको भन्दै उनले त्यसबारे व्यवसायीहरुसंँग परामर्श गरेर छिट्टै निर्णय गरिने बताए।

उनले चर्को हवाई भाडाले नेपालको पर्यटन उद्योगलाई घाटा वा नोक्सानी पुर्याएको छ भन्ने विश्लेषण गर्नुपर्ने आवश्यकता औँल्याए। उनले हवाई जहाजमा प्रयोग हुने इन्धनको मुल्य सम्बन्धमा पनि छलफल गरिने बताए।

मन्त्री भट्टराईले सरकार र निजी क्षेत्रबीच अन्योन्याश्रित सम्बन्ध रहेको भन्दै अलग्गै निकायका रुपमा नबुझ्न आग्रह गरे। उनले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जाहेर गरे। उनले सार्वजनिक निजी साझेदारी मोडलमा उड्डयन विद्यालय स्थापना गर्ने सम्बन्धमा पहल भईरहेको र छिट्टै मन्त्रालयको संयोजकत्वमा सरोकारवाला सम्मिलित कमिटी बनाउने जानकारी दिए।

उनले प्राधिकरणद्धारा सार्वजनिक एभियसन सेफ्टी रिपोर्ट २०१९ मा धेरै सकारात्मक संकेत देखिएको भन्दै आगामी दिनमा अझै राम्रो र र सकारात्मक हुने आशा व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .