कारोबार


दोस्रो वार्षिकोत्सवका अवसरमा म्यारियट होटलद्वारा प्याकेज घोषणा

दोस्रो वार्षिकोत्सवका अवसरमा म्यारियट होटलद्वारा प्याकेज घोषणा

नेपालखबर
बैशाख ६, २०७८ सोमबार १३:३७,

काठमाडौं म्यारियट होटेलले वार्षिक उत्सवको अवसरमा प्याकेज सार्वजनिक गरेको छ।

होटलले दोस्रो वार्षिकोत्सवको अवसरमा अप्रिल महिनाभर १२ हजारमा विशेष प्याकेज सार्वजनिक गरेको हो।

होटलले नेपालका स्थानीय र अन्तर्राष्ट्रिय यात्रुहरुलाई उत्तम आतिथ्य प्रदान गर्दै आइरहेको छ।

‘उत्तम सेवा प्रदान गर्ने क्रममा हामी निरन्तर रुपान्तरण र नवीनता ल्याइरहेका छौँ। यो लक्ष्य हासिल गर्नको लागि यात्रा चुनौतीपूर्ण भएको छ, यद्यपि हामी हाम्रा सहयोगीहरु र सरोकारवालाहरुको कडा परिश्रम र समपर्णको कारण यहाँ छौँ,’ होटलका जेनरल म्यानेजर फाबियन मार्टिनेजले भने।

marriot1.jpg

होटलले कोभिडको समयमा स्वास्थ्य सुरक्षाको मापदण्ड कडा रुपमा पालना गरेको बताएको छ। कोभिड महामारीको समयमा पनि बन्द नभएको होटल काठमाडौँका फुड प्रेमीहरुलाई विभिन्न अफरहरु र फुड उत्सवहरुको साथ नयाँ व्यंजनहरु प्रस्तुत गर्दै आएको बताएका छ।

होटलले पछिल्लो समय लेबनानी फूड फेस्टिवल सञ्चालन गरेको थियो। होटेलले हालै एक मेडिटरियन रेस्टुरेन्ट, ताहिना टेरेस खोलेको छ।

होटलले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्न समुदायका लागि थुप्रै कार्यक्रमहरु जस्तै वाक फर वाम्र्थ, थ्याँक्स गिभिंग डिनरमार्फत कोष जम्मा गर्ने र खाना प्रदान गर्ने जस्ता कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .