कारोबार


पुरानो बसपार्कका १ सय १२ पसलमा महानगरपालिकाको सिलबन्दी

पुरानो बसपार्कका १ सय १२ पसलमा महानगरपालिकाको सिलबन्दी

नेपालखबर
बैशाख २, २०७८ बिहिबार ११:१७,

लामो समयदेखि विना सम्झौता सञ्चालन भइरहेका पुरानो बसपार्कनजिकै राष्ट्रिय सभागृहसँग जोडिएको सिटी मार्केटका १ सय १२ वटा पसललाई काठमाडौँ महानगरपालिकाले आज सिलबन्दी गरेको छ।

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले लामो समयदेखि विना सम्झौता सञ्चालन गरिरहेको र पटक–पटक ताकेता गर्दा पनि वेवास्था गरेपछि आज सिलबन्दी गरेको जानकारी दिएका हुन्।

‘लामो समयदेखि सम्झौता पनि नभएको अवस्थामा हामीले अब त्यहाँ मार्केट नचलाउने गरी हाललाई बन्द गरेका हौँ’, ज्ञवालीले भने, ‘अब त्यसलाई भत्काएर सभागृहकै एक पार्टका रुपमा व्यवस्थित गर्छौँ।’

काठमाडौँ महानगरपालिका राजश्व विभाग प्रमुख डाक्टर शिव अधिकारीले पनि सिटी मार्केटमा व्यवसाय गर्ने व्यवासायीले २०७६ चैतसम्म व्यवसायीहरुको संघमार्फत केही बहाल बुझाए पनि त्यसपछि नबुझाएको र पटक–पटक ताकेता गर्दा पनि बेवास्ता गरेपछि सिलबन्दी गर्न बाध्य भएको जानकारी दिए।

उनले काठमाडौँ महानगरपालिकाको खरिद विभागले आय ठेक्कामा लगाउने गरी सार्वजनिक सूचना प्रकाशित गर्दा समेत कुनै प्रस्ताव पेश नभएको पनि जानकारी दिए।

नगरप्रहरी प्रमुख धनपती सापकोटाले पनि पटक–पटक सूचना दिँदा पनि नहटाएपछि आज प्रहरी र नगरप्रहरीले सिल गरेको जानकारी दिए। पसल सिल गर्ने क्रममा व्यापारीले विना सूचना हटाएको भन्दै हो–हल्ला गरेका थिए।

प्रहरीले उनीहरुलाई माइकिङ गर्दा पनि नहटेपछि अवरोध गर्ने केहीलाई समातेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad