कोरोना संक्रमणको एक वर्षमा उल्लेख्य मात्रामा ग्राहक थप्न इन्टरनेटर सेवा प्रदायक कम्पनीहरु सफल भएका छन्।
नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो रिपोर्टअनुसार तीन दर्जनभन्दा धेरै कम्पनीहरुले गत वर्ष माघदेखि यस वर्षको सोही महिनासम्म ३ लाख ७० हजार ग्राहक थपेका हुन्।
प्राधिकरणको माघ महिनाको रिपोर्टअनुसार ४० वटा इन्टरनेट सेवा प्रदायकका ग्राहक झण्डै १४ लाख एक हजार पुगेका छन्।
गत वर्षको सोही महिनाको तथ्यांक हेर्ने हो भने यी कम्पनीमा १० लाख ३१ हजार ९ सय रहेका थिए।
गत एक वर्षमा सबैभन्दा धेरै ग्राहक बनाउन सफल भएको सुबिसु केवल नेट ग्राहकका हिसाबले तेस्रो ठूलो कम्पनीका रुपमा रहेको भए पनि यस वर्ष उसले सबैभन्दा धेरै ग्राहक थप्न सफल भएको छ।
उसले गएको एक वर्षमा ८२ हजार ५ सय ५६ ग्राहक थप गरेको छ। गत वर्ष माघ महिनासम्म १ लाख १ हजार ९ सय ७३ ग्राहक भएकोमा यस वर्षको सोही महिनामा १ लाख ८४ हजार ५ सय २९ पुगेका छन्।
मुलुकको सबैभन्दा धेरै ग्राहक भएको इन्टरनेट सेवा प्रदायक वल्र्डलिंकले यस वर्ष पनि सुविसुपछि धेरै ग्राहक थप्न सफल भएको छ। उसले गएको एक वर्षमा ७४ हजार ८ सय ग्राहक थिपिएका छन्।
गत वर्ष माघ महिनासम्म ३७ लाख ६९ हजार ७५ ग्राहक रहेकोमा यस वर्षमा सोही महिनासम्म ४ लाख ५१ हजार ७ सय ६६ पुर्याएको छ।
त्यस्तै, अर्को धेरै ग्राहक भएको नेपाल टेलिकमले वितेको एक वर्षमा ४६ हजार ८ ग्राहक थपेको छ। गत माघ महिनासम्म २ लाख ३४ हजार १ सय ४४ ग्राहक रहेकोमा यस वर्ष २ लाख ८० हजार ९ सय ६५ पु¥याएको छ।
त्यस्तै पाँचौ ठूलो कम्पनी क्लासिक टेकले एक वर्षमा ४६ हजार २ सय ४६ ग्राहक बनाएको छ। नेपाल टेलिकम र भायनेटले झन्डै बराबर ग्राहक थपेका छन्। गत वर्ष माघ महिनामा ८१ हजार ५ सय १५ ग्राहक रहेकोमा यस वर्षको सोही महिनामा १ लाख २७ हजार ७ सय ६१ ग्राहक बनेका छन्।
ग्राहकका हिसाबले चौथो ठूलो इन्टरनेट सेवा प्रदायकका रुपमा रहेको भायनेटले एक वर्षमा ३३ हजार ८ सय ३२ नयाँ ग्राहक बनाएको छ।
गत वर्ष ९८ हजार ६ सय १० ग्राहक रहेका भायानेटका यस वर्षको माघ महिनासम्म १ लाख ३२ हजार ४ सय ४२ ग्राहक पु¥याएको छ।
प्राधिकरणका अनुसार मुलुकमा हाल ४० वटा इन्टरनेट सेवा प्रदायकहरु सञ्चालनमा रहेका छन्। इन्टरनेट सेवा प्रदान गर्ने भनेर प्राधिकरणमा दर्ता भएका कम्पनीको संख्या भने १२७ पुगिसकेको छ।
मोबाइल डाटा खपतमा उच्च वृद्धि भइरहेको बेला कोरोना संक्रमण रोक्न गरिएको लकडाउनका कारण इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको फाइबर, केबल र वायरलेस (ताररहित) माध्यमबाट दिने सेवा पनि विस्तार भएको हो।

प्रतिक्रिया