कारोबार


उद्यमी चन्द्र ढकाल कीर्तिमय राष्ट्रदीप (चतुर्थ) विभूषणबाट सम्मानित

उद्यमी चन्द्र ढकाल कीर्तिमय राष्ट्रदीप (चतुर्थ) विभूषणबाट सम्मानित

नेपालखबर
चैत २७, २०७७ शुक्रबार १६:२१,

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल कीर्तिमय राष्ट्रदीप (चतुर्थ) विभूषणबाट सम्मानित भएका छन्।

शुक्रबार राष्ट्रपति कार्यालय, शीतल निवास, महाराजगञ्जमा आयोजित विभूषण सुशोभन विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले ढकाललाई उक्त विभूषणबाट सम्मानित गरेकी हुन्।

नेपाल सरकार, गृह मन्त्रालयले गत वर्षको असोज ३ गते संविधान दिवस (राष्ट्रिय दिवस) का अवसरमा ढकाललाई उक्त विभूषणबाट सम्मानित गर्ने घोषणा गरेको थियो।

नेपालका लागि इन्डोनेशियाका अवैतनिक दूतसमेत रहेका प्रतिष्ठित उद्यमी ढकालको विप्रेषण, बैंक तथा वित्त, पर्यटन, ऊर्जा, सूचना प्रविधि, हस्पिटालिटी उद्योग तथा विमालगायत दर्जनौ क्षेत्रमा लगानी रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad