कारोबार


सानिमा बैंकको ‘नव वर्ष २०७८, नयाँ रहर, नयाँ अफर योजना’ सार्वजनिक

सानिमा बैंकको ‘नव वर्ष २०७८, नयाँ रहर, नयाँ अफर योजना’ सार्वजनिक

नेपालखबर
चैत २७, २०७७ शुक्रबार १६:१७,

नयाँ वर्ष २०७८ को अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि ‘नव वर्ष २०७८, नयाँ रहर, नयाँ अफर योजना’ सार्वजनिक गरेको छ।

अनलाइन सपिङ पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने भएको हो।

यो योजना अन्तर्गत सानिमा बैंकको ग्राहकले डेबिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम् रु १,०००। सम्मको छुट प्राप्त गर्न सकिनेछ भने क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा २० प्रतिशत वा अधिकतम् रु १,५००। सम्मको छुट प्राप्त गर्न सकिनेछ। यो योजना २०७७ चैत्र २९ देखि २०७८ वैशाख ७ गतेसम्म लागू हुनेछ।

उक्त सम्झौता पत्रमा सानिमा बैंक लि.को तर्फबाट डिजिटल बैंकिङ्ग विभागका निरज राज श्रेष्ठ र दराज केयमु प्रा. लि. को तर्फबाट अरुण फुँयालले हस्ताक्षर गरे। सानिमा बैंककोे डेबिट तथा क्रेडिट कार्डका लागि बैंकको वेभसाइटमा गई आवेदन दिन सकिन्छ।

सानिमा बैंकको देशभर ८६ शाखा कार्यालय, १७ विस्तारित काउन्टर र ९६ एटिएम संचालनमा रहेका छन् । सानिमा बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad