एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुदेश खालिङ नियुक्त भएका छन्।
सिटिजन्स बैंकको संचालक समिति सदस्य पदबाट भर्खरै राजीनामा दिएका खालिङलाई एभरेष्ट बैंकले सीईओको जिम्मेवारी दिएको हो। उनी यसअघि लक्ष्मी बैंकको सीईओ थिए।
खालिङ लक्ष्मी बैंक स्ट्यान्डर्ड चार्टर्ड गरि ३३ वर्ष बैंकिङ क्षेत्रमा अनुभव बटुलेका व्यक्ति हुन्।
एभरेष्ट बैंकमा पञ्जाव नेशनल बैंककोसमेत लगानी रहेको छ। यो भन्दा अघिसम्म पञ्जाव बैंकले नै सीईओ पठाउने गरेको थियो।
अहिलेसम्म सीईओ रहेको गजेन्द्रकुमार नेगीलाई विदाई गरेर बैंकले खालिङलाई सीईओको जिम्मेवारी दिएको हो।
6
Shares

प्रतिक्रिया