कारोबार


प्रभु बैंक र औषधि व्यवसायी संघ लुम्बिनी प्रदेशबीच साझेदारी

प्रभु बैंक र औषधि व्यवसायी संघ लुम्बिनी प्रदेशबीच साझेदारी

नेपालखबर
चैत २०, २०७७ शुक्रबार १२:३०,

नेपाल औषधि व्यवसायी संघ, लुम्बिनी प्रदेश र प्रभु बैंक लि.का बीच बैंकिङ साझेदारी सम्झौता सम्पन्न भएको छ।

शुक्रबार एक कार्यक्रमबीच उक्त सम्झौता सम्पन्न भएको हो। कार्यक्रममा आफ्नो मन्तब्य राख्दै नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका मुख्य निर्देशक सुदिप फुयालले क्यूआर कोड तथा डिजिटल बैंकिङको महत्व तथा फाइदाहरुबारे जानकारी गराउँदै औषधि व्यवसायीहरुलाई क्यूआर कोडको वितरण पनि गरे।

शुक्रबार लुम्विनी बुद्ध गार्डेन रुपन्देहीमा एक समारोहबीच प्रभुका तर्फबाट प्रमुख व्यापार केन्द्र अधिकृत सुनिल राना र नेपाल औषधि व्यवसायी संघ, लुम्बिनी प्रदेशका तर्फबाट अध्यक्ष शिव शवालीले हस्ताक्षर गरे।

कार्यक्रमा बोल्दै नेपाल औषधि व्यवसायी संघ, लुम्बिनी प्रदेशका तर्फबाट अध्यक्ष शिव ज्ञवालीले यस सम्झौताले आगामी दिनमा बैंक तथा ब्यवसायीबीच सुमधुर सम्बन्ध हुनुका साथै ब्यवसाय विस्तार तथा प्रवर्द्धनमा उल्लेख्य टेवा पुग्ने कुरा बताए।

प्रभु बैंकका तर्फबाट प्रमुख व्यापार केन्द्र अधिकृत सुनिल रानाले बैंकका विभिन्न सेवा सुविधाहरुको बारेमा प्रष्ट पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad