कारोबार


नबिल बैंकले कृषि प्राविधिकलाई सहयोग गर्ने

नबिल बैंकले कृषि प्राविधिकलाई सहयोग गर्ने

नेपालखबर
चैत २०, २०७७ शुक्रबार १२:१०,

नेपालको अग्रणी बैंक, नबिल बैंक र आरएण्डडी इनोभेटिभ सोलुसन्स प्रालीबीच कृषि प्राविधिकहरुलाई आवश्कता अनुसार बैंकको कर्जानीतिको अधिनमा रहेर विभिन्न बैंकिङ सेवाहरु प्रदान गरेर कृषि प्राविधिकहरुलाई सहयोग गर्ने सम्झौता भएको छ।

सम्झौता पत्रमा नबिल बैंकका एसएमई तथा लघुवित्त प्रमुख निरजकुमार बस्नेत (डनिल) र आरएण्डडी इनोभेटिभ सोलुसन्स प्रालीका अध्यक्ष सुनिता न्हेम्हाफुकीले हस्ताक्षर गरेका छन्।

साझेदारीको बारेमा बोल्दै नबिल बैंकका एस.एम.ई. तथा लघुवित्त प्रमुख बस्नेतले भने, ‘नबिल बैंकले सदैब दिगो बैंकिङलाई प्राथमिकता दिइरहेको छ र कृषि क्षेत्रमा लगानी गर्दा कृषि व्यवसायको दिगो विकासलाई सहयोग पुर्‍याउने विश्वास गर्दछ जुन नेपालको कुल ग्राह्यस्थ उत्पादनको प्रमुख योगदानकर्ता हो। हामी कृषि प्राविधिकहरुका आवश्कता अनुसार कृषि तथा पशुपालन कर्जा लगायत विभिन्न बैंकिङ सुविधा र सेवाहरु प्रदान गरी कृषि प्राविधिकहरुलाई सफल कृषि उद्यमी बनाउन र देशको आर्थिक विकासमा योगदान पुर्‍याउन उत्साहित छाैँ। यस साझेदारीसँगै, नबिल बैंकले कृषि क्षेत्रमा उद्यमशिलता विकासको साथ प्राविधिक ज्ञानको मिश्रण गरी परम्परागत वित्तिय लगानी प्रक्रियाको अन्त्य गर्दै एक नविन सुरुवात गरेको छ। नबिल बैंकले सुरु गरेको यस पहलले व्यापक रुपमा सफलता हासिल गर्दै भविष्यमा नेपालको वित्तिय लगानी प्रवृतिनै परिवर्तन गर्ने नबिल बैंक आशा राख्दछ।’

आरएण्डडीका अध्यक्ष सुनिता न्हेम्हाफूकीले भनिन्, ‘नेपालको कृषि क्षेत्रको मुख्य समस्या मध्ये कृषि विषय अध्ययन गरेकाले नै कृषि व्यवसाय वा उद्यम संचालन गर्न नसक्नु हो। तसर्थ कृषि पढेकालाई सुलभ तरिकाले कर्जा उपलब्ध गराई उद्यमशिलता तर्फ लाग्ने वातावरण बनाउनका लागि नबिल बैंक र आरएण्डडी इनोभेटिभ सोलुसनले कृषि उद्यमशिलता विकासकालागि कृषि प्राविधिकहरु समक्ष वित्तिय पहुँच सहितको कृषि उद्यमशिलता विकास कार्यक्रम ल्याएको छ। यसका लागि आरएण्डडी इनोभेटिभ सोलुसनले उद्यम गर्न चाहने प्राविधिकहरुको छनौट गरि उद्यमशिलता विकास सम्बन्धि आधारभूत तालिम दिई बैंक समक्ष सहुलियत कर्जाका लागि सिफारिस गर्नेछ। ती सिफारिस भएका प्राविधिकहरुको व्यवसायिक योजनाका आधारमा १० लाख सम्मको सहुलियत दरको कर्जा नबिल बैँकले उपलब्ध गराउनेछ। यस कार्यक्रमले कृषि उद्यमशिलताको दिगो विकाससँगै तिनै प्राविधिक मार्फत अन्य कृषकहरुलाई पनि प्राविधिक सेवा पुग्ने विश्वास लिईएको छ। यस कार्यक्रम अन्तर्गत जेटिए, जेटि, आईएस्सीएजी र बि.एस्सी.एजी अध्ययन गरेकाले भाग लिन सक्नेछन्। यस कार्यक्रम अन्तर्गत आगामी एक वर्ष भित्रमा कम्तिमा १०० जना कृषि प्राविधिकहरुलाई उनीहरुकै ठाउँमा उद्यम विकास गर्ने योजना रहेको छ।’

नबिल बैंकको बारेमा
नबिल बैंकले आÏनो देशभर ११९ वटा शाखा कार्यलयहरु, १८५ एटीएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देश्मा रहेका एजेन्टको ब्रिहत सन्जाल मार्फत निरन्तर गुनस्तरीय सेवा प्रवाह गरिरहेको छ। एक उच्च प्रशिक्षित समुह र मजबूत र सुरक्षित बैंकिङ प्रणालीको साथ तीन दशक भन्दा बढीको बैंकिङ अनुभवको साथ, नबिल बैंक ग्राहकहरुलाई मूल्य अभिवृद्धि गर्न उच्च सेवा वितरणको लागि लक्षित छ।

आरएण्डडीको बारेमा
आरएण्डडी इनोभेटिभ सोलुसन्स् प्राली सन् २०१२ देखि सञ्चालनमा आएको छ, जसको लक्ष्य नेपालका किसान समुदायहरूले सामना गरिरहेका चुनौतीहरूलाई सम्बोधन गर्ने छ। कम्पनीले कृषि मूल्य श्रृंखलाको हरेक अवयवहरूमा समस्या समाधान गर्दै माटोदेखि बिक्री मोडलमा काम गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad