ad ad

कारोबार


विद्युत प्राधिकरणको नाफा सात अर्ब २० करोड

विद्युत प्राधिकरणको नाफा सात अर्ब २० करोड

नेपालखबर
साउन २८, २०७६ मंगलबार ९:५४,

नेपाल विद्युत् प्राधिकरणले आर्थिक बर्ष २०७५/७६ मा ७ अर्ब बढी नाफा कमाएको छ।

उर्जा जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७५/७६ मा प्राधिकरणले ७ अर्ब २० करोड नाफा कमाएको जानकारी दिए। २०७४/७५ मा प्राधिकरणले २ अर्ब ९० करोड नाफा कमाएको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा प्राधिकरणले १ सय ४९ प्रतिशतले बढी नाफा कमाएको हो।

प्राधिकरणले साँवा, व्याज र रोयल्टी गरी राज्यको ढुकुटीमा १५ अर्ब ५९ करोड रुपैयाँ जम्मा गरेको छ। प्राधिकरणले विद्युत् चुहावटमा पनि उल्लेख्य रुपमा कमि ल्याएको छ। अघिल्लो वर्षको भन्दा ५ दशमलब १३ प्रतिशतले विद्युत् चुहावट घटेको छ। हाल प्राधिकरणको विद्युत् चुहावट १५ दशकमलब १३ प्रतिशत छ।

प्राधिकरणले गत आर्थिक वर्षमा ३ करोड ४७ लाख युनिट अर्थात् ३२ करोड रुपैयाँको विद्युत् निर्यात गरेको छ। पत्रकार सम्मेलनमा उर्जा मन्त्री पुनले लामो समयदेखि रुग्ण बनेको अपर त्रिशुली ३ ‘ए’ तथा कावेली करिडोर लगायतका उत्पादन तर्फ १, प्रशारण तर्फ ३ र वितरण तर्फ ३४ गरी ३८ वटा रुग्ण आयोजनाहरु सम्पन्न भएको जानकारी दिए। उनले काठमाडौं उपत्यकालाई तार रहित बनाउने अभियान अन्र्तगत भूमिगत तार बिछ्याउने काम छिट्टै सुरु गरिने बताए।

विद्युत् चुहावटमा कमी ल्याउदै प्रभावकारी सेवा विस्तार लगायतका सुधार गर्दै अघि बढेको प्राधिकरणले भविष्यमा थप नाफा आर्जन गर्ने विश्वास व्यक्त गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .