अन्तर्राष्ट्रिय बजारमा उच्चस्तरीय ईलेक्ट्रोनिक्स तथा होम एप्लाएन्सका लागि विश्वकै टप २ ब्रान्डका रुपमा टीसीयलले आफूलाई स्थापित गरेको छ।
विगत लामो समयदेखि गुणस्तरका लागि एक विश्वसनीय नाम बनेको टिसियलले नयाँ वर्ष २०७८ को उपलक्ष्यमा उत्कृष्ट अफर पनि लिएर आएको छ।
यहि चैत्र ११ देखि सुरु भएको यस नयाँ वर्षको अफरमा टीसीयलका टिभी, वासिङ्ग मेशिन, एअर कन्डिशनर आदि खरिद गर्दा ग्राहकहरुले क्यासब्याक पाउन सक्नेछन्।
३ वर्षको वारेन्टी भएको टिभीमा ७२ हजार नौसय सम्मको क्यासब्याक, मोटर र पिसिबिमा ५ वर्षको वारेन्टी भएको फ्रन्ट लोडिङ वासिङ मेशिनमा ५ के जी एक्स्ट्रा वासिङ्ग पाउडर र १४ हजार ६ सयसम्मको क्यासब्याक, मोटरकमा ३ वर्षको वारेन्टी भएको टप लोडिङ वासिङ मेशिनमा ५ के जी एक्स्ट्रा वासिङ पाउडर र ७ हजार पाँच सय सम्मको क्यासब्याक तथा एअर कन्डिशनरमा ५ वर्षको वारेन्टीेका साथै निःशुल्क जडानको सुविधा पनि पाईनेछ।
आफ्नो जीवनशैलीलाई नयाँ वर्षको आगमनसँगै विशिष्ट तथा नयाँ प्रविधिले परिवर्तित गर्न चाहने ग्राहकहरुका लागि टिसियलले ल्याएको यो अफर एकदम राम्रो रहेको बताइएको छ।
यस टिसियल ब्रान्डलाई चौधरी ग्रुप अन्तर्गत रहेको सिजी ईलेक्ट्रोनिक्सको ईओएल प्रा. लि. ले नेपाली बजारमा बिक्री वितरण गर्दै आईरहेको छ।
Shares
प्रतिक्रिया