कारोबार


चीनबाट काठमाडौं ल्याइयो ८ लाख डोज कोरोना खोप

चीनबाट काठमाडौं ल्याइयो ८ लाख डोज कोरोना खोप

नेपालखबर
चैत १६, २०७७ सोमबार ४:३५,

छिमेकी राष्ट्र चीनले अनुदान दिएको ८ लाख डोज कोरोना खोप काठमाडौं ल्याइपुर्‍याइएको छ।

बेइजिङबाट खोप लिएर नेपाल वायुसेवा निगमको वाइडबडी ३३० जहाज सोमबार बिहान काठमाडौं आइपुगेको हो।

खोप त्रिभुवन विमानस्थलमै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई चिनियाँ राजदूत होउ यान्छीले हस्तान्तरण गरेकी छन्।

चीन सरकारले कोरोनाविरुद्ध ‘भेरासेल’ खोप नेपाललाई सहयोग दिएको हो। त्यहाँको सिनोभ्याक बायोटेक कम्पनीले उत्पादन गरेको खोप २ देखि ८ डिग्री सेल्सियसम्म भण्डारण गर्न सकिने विज्ञले बताएका छन्। यो खोपका दुई मात्रा लगाउनुपर्छ।

विभिन्न परीक्षणले चिनियाँ खोप भेरासेल भारतबाट ल्याइएको कोभिसिल्डभन्दा बढी प्रभावकारी देखाएको विज्ञको दाबी छ। तर भेरासेल कोभिसिल्डभन्दा महँगो छ।

यसअिघ भारतले पनि नेपाललाई १० लाख डोज कोभिडसिल्ड खोप दिएको थियो।

जुन खोप बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेका कम्पनीले संयुक्त रूपमा विकास गरेका हुन् भने भारतस्थित सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad