ad ad

कारोबार


राष्ट्रिय अनुसन्धानमा १ सय ४ जनालाई रोजगारीको अवसर, एसईई पास गरेकाले पनि भर्ना पाउने

राष्ट्रिय अनुसन्धानमा १ सय ४ जनालाई रोजगारीको अवसर, एसईई पास गरेकाले पनि भर्ना पाउने

नेपालखबर
चैत १३, २०७७ शुक्रबार ६:३३,

राष्ट्रिय अनुसन्धान विभागमा रोजगारीको अवसर खुलेको छ। कुल १ सय ४ जनाको संख्यामा भर्ना माग गरिएको हो।

तीन पदको लागि आज शुक्रबार भर्ना माग गरिएको छ।

अनुसन्धान अधिकृत (राजपत्र तृतीय श्रेणीसरह), अनुसन्धान सहायक (राजपत्र अनंकित द्वितीय श्रेणी सरह) र सहायक सूचक (राजपत्र अनंकित चतुर्थ श्रेणीसरह)मा भर्ना खुलाइएको हो।

अनुसन्धान अधिकृतमा २१ जना, अनुसन्धान सहायकमा ३२ जना, सहायक सूचकमा ५१ जना माग भएको छ।

जसअनुसार अनुसन्धानको लागि कम्तीमा स्नातक गरेको, अनुसन्धान सहायकको लागि प्रवीणता तह पास गरेको र सहायक सूचकको लागि एसएलसी वा एसईई पास गरेको हुनुपर्ने आज विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .