कारोबार


रमेश कर्पोरेशनद्वारा संस्थापक गुप्ताको सम्मानमा नयाँ कार्यक्रम थालनी

रमेश कर्पोरेशनद्वारा संस्थापक गुप्ताको सम्मानमा नयाँ कार्यक्रम थालनी

नेपालखबर
चैत ११, २०७७ बुधबार १६:१,

विभिन्न १० समूहभित्र स्थापित रमेश कर्पोरेशनले दूरदर्शी संस्थापक इमिरेट्स स्वर्गीय रमेश गुप्ताको विरासतलाई आत्मसाथ र सम्मान गर्न नयाँ सुरुवातको प्रारम्भ गरेको छ।

ब्राण्डले आफ्नो नयाँ यात्राको प्रारम्भ स्वर्गीय गुप्ताले देखेको उज्ज्वल भविष्य एवं दृष्टिलाई प्रतिविम्बित गर्न नयाँ ब्राण्ड, पहिचान एवं नवीन ट्याग लाइनको साथ प्रारम्भ गरिएको छ।

रमेश कर्पोरेशन अन्तर्गतको एउटै छत्रछायाँमा विभिन्न क्षेत्रसँग सम्बन्धित कम्पनीहरु समाविष्ट भएका छन्। संस्थापक पिता स्व.रमेश गुप्ताको परिचयबाट सञ्चालित रमेश कर्पोरेशनको नयाँ ट्यागलाइन ‘फर्वाड टुगेदर’ ले वास्तवमा स्वर्गीय गुप्ताले देखेको भविष्य एवं आदर्शलाई आत्मसाथ समेत गरेको छ।

यसले सम्पूर्ण ग्राहक, कर्मचारी, लगानीकर्ता तथा इकोसिस्टम पार्टनरहरुको लागि सामुहिक प्रतिवद्धता र दर्शनलाई प्रतिनिधित्व गर्दछ। ब्राण्डको नयाँ लोगोले एकजुटको भावना तथा सामूहिक रुपमा कार्य गरेमा अगाडि बढ्न सकिने शक्ति प्राप्त हुन्छ भन्ने कुरालाई मूत्र्त रुप दिएको छ।

‘हाम्रो यो नयाँ सुरुवात हामी सबैका लागि वास्तवमै विशेष हो। किन भने यसले हाम्रो ब्राण्डको विकासको महत्वपूर्ण चरणलाई प्रतिनिधित्व समेत गरेको छ। हामीले हामी को हौ भन्ने कुरालाई हाम्रा बुबाको दर्शन एवं सिद्धान्तहरुलाई आत्मसाथ गर्दै वहाँको दृष्टिलाई आधार मानेर भविष्यलाई आकार दिइरहेका छौं’ रमेश कर्पोरेशनका उपाध्यक्ष सुशील गुप्ताले भने, ‘फर्वाड टुगेदरको दर्शनको साथ हामी नयाँ उचाईमा पुग्न उत्कृष्ट प्रणालीको स्थापना गर्न चाहन्छौं।’

‘दीर्घकालीन मूल्यको सिर्जना गर्न हामी सबै साझेदारहरुको साथ अगाडि बढिरहेका छौं। यस यात्रामा हामीलाई साथ र सहयोग दिनुहुने सम्पूर्ण सरोकारवालाहरुलाई विशेष धन्यवाद दिन चाहन्छौं, हामीलाई विश्वास छ कि यहाँहरुको साथ र सहयोग हामीलाई निरन्तर मिलिरहने छ। हामी यस यात्रामा नवीन उत्साह एवं दृष्टिका साथ अगाडि बढिरहेका छौं। हामी नवीनताको साथ परिवर्तन, सहयोगात्मक सम्बन्ध निर्माण तथा भविष्यलाई मूत्र्तता प्रदान गर्न कर्मचारी, साझेदार वा ग्राहक सबै बीच विश्वास, सम्मान, पारस्परिक विकास तथा उत्कृष्टतामा आधारित भएका छौं’  रमेश कर्पोरेशनका उपाध्यक्ष रोहित गुप्ताले बताए।

रमेश कर्पोरेशनका बारेमा
विभिन्न १० समूह अन्तर्गत स्थापित रमेश कर्पोरेशन व्यावसायिक समूहहरुको एक संगठन हो। कर्पोरेशन नेपालको अग्रणी व्यावसायिक समूहरुको साझा उद्देश्यबाट अभिप्रेरित भई अगाडि बढ्दै आएको छ।

पाँच दशक अगाडि हार्डवेर व्यवसायबाट प्रारम्भ भएको रमेश कर्पोरेशन आज जीवनका अधिकांश पक्षहरुलाई समेट्दै आएको छ। प्रारम्भदेखि आयात र टे«डिङ्ग व्यवसाय, दूरसञ्चार र सूचना प्रविधिमा विविध पक्षहरु मार्फत आफ्नो उपस्थिति रहँदै आएको यस रमेश कर्पोरेशनले हालसम्म उत्पादन, वित्तीय सेवा, रियलस्टेट, कन्जुमर ड्युरेवल्स, हाइड्रो पावर, माइनिङ जस्ता देहाय कम्पनीहरुलाई आफ्नो संगठन अन्तर्गत समाविष्ट गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad