नेपाल एसबीआई बैंक र सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीबीच विभिन्न सेवामा छुटसम्बन्धी सम्झौता भएको छ।
नेपाल एसबिआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड बाहक ग्राहकहरुलाई लक्षित गरी उक्त ग्रुपका १९ आउटलेटमा कार्ड प्रयोग बापत विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौतामा उल्लेख छ।
उक्त सम्झौता बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मो. रिजवान आलम तथा सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीका निर्देशक प्रभाकर खड्काले हस्ताक्षर गरे।
कार्यक्रममा बैंकका सल्लाहकार छपिराज पन्त तथा व्यवसाय प्रबर्धन शाखाका प्रविनमुनी बज्राचार्यको उपस्थिती रहेको थियो।

प्रतिक्रिया