ट्याक्सी चालकबाट राइडर कुटिएपछि पठाओले तत्काललाई सेवा बन्द गर्न आह्वान गरेको छ।
सोमबार पठाओ राइडरलाई ट्याक्सी चालकहरुले कुटपिट गरेपछि यात्रु ओसारपसार बन्द भएको हो।
ट्याक्सी चालकले सोमबार साँझ गोंगबु नयाँ बसपार्क क्षेत्रमा पठाओ राइडरको विरोध गर्दै ठूलो ट्याक्सी र्याली नै निकालेका थिए। सोही क्रममा पठाओ राइडर तथा ट्याक्सी चालकबीच विवाद भई झडप समेत भएको बताइएको छ।
पठाओले राइडरलाई म्यासेज पठाउँदै केही असामान्य अवस्था आएको हुनाले कुनै पनि राइड नगर्न अनुरोध गरेको छ।
कम्पनीले आगामी दिनमा यस्तो समस्या नहुन प्रशासन कार्यालयसँग समन्वय गरिरहेको बताएको छ।

प्रतिक्रिया