ad ad

कारोबार


प्रधानमन्त्रीले शिलान्यासयोग्य भएका आयोजना मात्रै शिलान्यास गर्नुभएको होः मन्त्री गुरुङ

प्रधानमन्त्रीले शिलान्यासयोग्य भएका आयोजना मात्रै शिलान्यास गर्नुभएको होः मन्त्री गुरुङ

नेपालखबर
चैत ८, २०७७ आइतबार ११:३२,

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि आयोजना हतारमा, विना सम्झौता शिलान्यास नगरेको बताएका छन्।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने कार्यक्रममा सञ्चार मन्त्रालयमा आयोजना पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन्।

उनले भने, ‘सरकारले हतारमा विना योजना, विना सम्झौता, विना डीपीआर, र कुनै पनि योजनामा सम्माननीय प्रधानमन्त्रीज्यूले शिलान्यास गर्ने र उद्घाटन गर्ने भन्ने कुरो त्यसको निम्ति प्रधानमन्त्रीज्यूले उद्घाटन गर्ने कुरो पहिले नै सम्बन्धित मन्त्रालय, सम्बन्धित विभाग, सम्बन्धित जिल्लाबाट त्यसको सबै कुरोको अनुगमन गरी त्यो शिलान्यास गर्न योग्य हो कि होइन, शिलान्यासको सबै तयारी हो कि होइन, त्यसको आधारमा मात्रै शिलान्यास भएको हो।’

कतिपय आयोजनाको त्यसकै आधारमा मात्र उद्घाटन भएको उनले दाबी गरे।

सम्झौताविना र विना डीपीआर काम सुरु गरेको त्यस्तो रेकर्ड माग्दै उनले पत्रकारसँग भने, ‘अनि हामीले त्यो कुरालाई चाहिँ साँच्चै हामीले यो सम्झौताविना पत्रकार, प्रतिपक्षी दल, नेता र सांसदले कुरा उठाएको सुन्ने गरेका छौँ। त्यसमा सत्यता छैन।’

अहिले प्रधानमन्त्री ओली र अन्य मन्त्रीले उद्घाटन र शिलान्यास हचुवामा गरेको उदाहरण दिन मन्त्री गुरुङले स्पष्ट पारे।

चैत दोस्रो सातादेखि मेलम्चीको पानी घर घरमा जडान गर्ने कुरा रहेको उनले बताए। ‘यो अत्यन्तै बहुप्रतीष्ठित आयोजना हो। प्रम सुन्दरीजलमा अनुगमन गर्न जानुभएको हो, उद्घाटन गर्न होइन’, प्रधानमन्त्री सुन्दरीजल गएकोबारे स्पष्टीकरण दिँदै उनले थपे, ‘उद्घाटनचाहिँ जनताको घरघरमा धाराधारामा पानी चढ्नेबेलामा गर्न जानुहुन्छ।’

अनुगमन गर्न गएकोलाई उद्घाटन गरेको भन्न नमिल्ने उनको भनाइ छ।

राष्ट्रिय गौरवका धेरै आयोजना सम्पन्न भइसकेको बताउँदै उनले माथिल्लो तामाकोशी आयोजनाको वैशाखको पहिलो हप्ताभित्र ७६ मेवाको पहिलो युनिटबाट उत्पादन सुरु हुने विश्वास लिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .