ad ad

कारोबार


तीन करोड डलरको ऋणपत्र जारी गर्ने र लण्डन स्टकमा सूचीकृत हुने कुरा साँचाे हाेः निफ्रा

तीन करोड डलरको ऋणपत्र जारी गर्ने र लण्डन स्टकमा सूचीकृत हुने कुरा साँचाे हाेः निफ्रा

नेपालखबर
चैत ८, २०७७ आइतबार १०:२८,

नेपाली पुँजीबजारमा इतिहासमै सर्वाधिक परिमाणको साधारण सेयर जारी गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लन्डन स्टक एक्सचेन्जमा सूचीकृत हुने तथा ३ करोड डलरको बन्ड (ऋणपत्र) ल्याउनेबारे नेपाल स्टक एक्सचेन्जलाई स्पष्टीकरण बुझाएको छ।

सञ्चारमाध्यमहरुमा बैंकले ३ करोड डलरको बन्ड ल्याउने समाचार सार्वजनिक भएसँगै नेपाल स्टक एक्सचेन्जले गत ४ गते स्पष्टीकरण मागेको थियो।

त्यसको भोलिपल्टै अर्थात् ५ गते बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले स्पष्टीकरण बुझाएका हुन्।

बैंकले उक्त परिमाणको बन्ड जारी गर्ने विषय बैंककै रणनीतिभित्रको एक हिस्सा भएको बताएको छ। साथै बैंकले आफ्ना वार्षिक प्रतिवेदन र साधारण सेयर निष्काशनको लागि तयार गरिएको विवरणपत्रमै यो विषय खुलस्त पारिसकेको स्पष्टीकरण दिएको छ।

तर अन्तिम रुप दिन चाहिने थप सहमति र स्वीकृति लिएर यथाशक्य चाँडो तोकिएको ब्याजदरमा बन्ड जारी गर्ने र लन्डन स्टकमा सूचीकृत गराउने स्पष्ट पारेको छ।

यस्तो छ निफ्राले दिएको स्पष्टीकरण :

महोदय, तहाँको पत्र संख्या ०७७/७८ चलानी नं. १०६१, मिति २०७७/१२/०४ को पत्र प्राप्त भई व्यहोरा अवगत भयो। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले ३० मिलियन डलरको बण्ड ल्याउने, लण्डन स्टक एक्चेन्जमा सूचिकृत हुने शिर्षकमा कुनै एक अनलाइन पत्रिकामा प्रकाशित समाचार सम्बन्धमा सत्य तथ्य के हो? लगायत उक्त पत्रमार्फत बैंकलाई सोधनी भएका विषयवस्तुहरुमा देहाय बमोजिम स्पष्टीकरण पेश गरेका छौँ।

बैंकले ३० मिलियन डलरको बण्ड जारी गर्ने विषय बैंकको रणनीतिभित्रकै एक हिस्सा रहेको र बैंकले आफ्ना वार्षिक प्रतिवेदनहरु र साधारण शेयर निष्काशनको लागि तयार गरिएको विवरणपत्रमा समेत यस अघि नै खुलस्त पारिसकेको विषय हो । नेपाल स्टक एक्स्चेन्ज लिमा बैंकको शेयर सूचिकरण हुनु अगावै बण्ड जारी गर्न प्रचलित व्यवस्था बमोजिम बैंकले सम्बन्धित नियमनकारी निकायबाट लिनुपर्ने केही सहमति स्वीकृतिहरु लिईसकिएको जानकारी गराउँछौं । साथै, यसलाई अन्तिम रुप दिन चाहिने थप सहमती स्वीकृतिहरु लिदै यथासक्य छिटो तोकिएको व्याजदरमा वण्ड जारी गर्ने र सम्बन्धित स्टक एक्चेन्जमा सूचिकृत गराउने गरी बैंक अघि बढिरहेको स्पष्ट पार्दछौं।

लाभांशको सम्बन्धमा बैंकले आफ्नो सार्वजनीक शेयर निष्काशनको क्रममा प्रकाशित गरेको विवरणपत्रमा आ।ब। २०७७र७८ मा ८५ लाभाश वितरण गर्ने प्रक्षेपण रहेको जानकारी गराउँछौ । लाभांस वितरण सम्बन्धी निर्णय संचालक समितिको बैठक, सम्बन्धित । नियमनकारी निकायहरुको स्वीकृति एवं वार्षिक साधारण सभाको निर्णय मार्फत मात्र हुने हुँदा यस विषयमा सोही अनुरुप हुने व्यहोरा स्पष्ट पार्दछौ।

यस बैंकले दीर्घकालिन पूर्वाधार परियोजनाहरुमा लगानी गर्न मुलतः ऋणपत्र (बण्ड) डिवेञ्चर जारी गरी स्रोत संकलन गर्ने मुख्य उद्देश्य लिएको छ । सोही अनुरुप जारी गर्ने त्राणपत्रहरुको प्रकृती तथा लगानीकर्ताका किसिम भिन्न भिन्न हुन सक्ने हुँदा यस बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरु, इन्स्योरेन्स कम्पनीहरु लगायतका संस्थागत लगानीकर्ताहरुलाई उपयुक्त हुने ऋणपत्रहरु जारी गर्ने, संस्थागत लगानीकता भित्र्याउने सम्बन्धमा प्रारम्भिक अध्ययन अगाडी बढाएको छ । साथै, यी विषयहरु बैंकले आफ्ना वार्षिक प्रतिवेदनहरु र साधारण शेयर निष्काशनको लागि तयार गरिएको विवरणपत्रमा समेत उल्लेख गरिसकेको छ।

बैंकको शेयर मूल्यमा प्रभाव पार्ने विषयहरुमा बैंक सजग रहेको हुँदा यस बैंकले गर्ने कार्यहरु तथा प्रदान गरिने सूचनाहरुको पहुँच सर्वसाधारण लगानीकर्ताहरु तथा यस सस्थासग प्रत्यक्ष तथा परोक्ष रुपमा चासो राख्ने सम्पूर्ण महानुभावहरुमा आधिकारिक रुपमा पुयाउने उद्देश्यले यस बैकले ट्विटर ह्यान्डल, बैकको आधिकारिक इमेल, सम्पर्क फोन नं. सहितको विवरण खुलाई मिति २०७७ १२र०३ को पत्र मार्फत ताहालाई जानकारी गराईएको व्यहोरा समेत अनुरोध गर्दछौं । धन्यवाद ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .