ad ad

कारोबार


अर्घाखाँची सिमेन्टद्वारा निर्माणविज्ञ भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम आयोजना

अर्घाखाँची सिमेन्टद्वारा निर्माणविज्ञ भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम आयोजना

नेपालखबर
चैत ८, २०७७ आइतबार ८:१०,

नेपालकै सबैभन्दा ठूलो र उत्कृष्टमध्येको एक अर्घाखाँची सिमेन्ट प्रालिले शनिबार कपनको फैकामा निर्माण विज्ञ तथा व्यवसायी भेटघाट तथा अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको छ।

कम्पनीले आफ्ना ग्राहक तथा उपभोक्ता, डिलर तथा निर्माणविज्ञहरुलाई उपल्लो प्राथमिकतामा राखेको बताउँदै स्थानीयस्तरमा घर तथा आवासहरुको निर्माणमा योगदान गरिरहेका निर्माण व्यवसायीहरुसँगको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ।

जम्मा ८० जना निर्माणविज्ञ तथा व्यवसायीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा अर्घाखाँची सिमेन्ट र स्टिलसम्बन्धी प्रस्तुतीकरण दिइनुको साथै सुरक्षित आवास निर्माण सम्बन्धमा तालिम तथा अन्तर्क्रिया सञ्चालन गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै अर्घाखाँची सिमेन्ट तथा श्री स्टिलका प्रमुख कार्यकारी अधिकृत उमेश बरालले कोभिडपछिको अर्थतन्त्रलाई बमजुत बनाउनको लागि निर्माण क्षेत्रको उल्लेखनिय भूमिका हुने बताउँदै निर्माण व्यवसायीहरुलाई सो अभियानमा सघाउन आग्रह गरे ।

shree steel arghakhachi 23

‘मानिसले घर बनाउँदा आफू र आफ्नो परिवारको सुरक्षालाई केन्द्रमा राख्ने हुनाले उपयुक्त तथा गुणस्तरिय निर्माण सामाग्रीको चयनमा निर्माण ब्यवसायीहरुले ध्यान दिन आवश्यक छ’, उनले भने।

आधिकारीक बिक्रेताहरुको प्रतिनिधित्व गर्दै जय शम्भु निर्माण सेवा (हार्डवेयर)का सञ्चालक रामचन्द्र श्रेष्ठले आफूले वर्षौंदेखि अर्घाखाँची सिमेन्टको बिक्रीवितरण गर्दै आइरहेको र हालसम्म उपभोक्ताबाट सो उत्पादनबारे कुनै पनि गुनासो नआएको जानकारी दिए।

‘मैले बिक्री गर्ने सिमेन्टहरुमध्ये अर्घाखाँची सिमेन्ट नै सबैभन्दा स्तरीय सिमेन्ट हो। त्यसैले तपाई“ निर्माण व्यवसायीहरुलाई घर बनाउ“दा सोही सिमेन्टको प्रयोग गर्न म अनुरोध गर्दछु’, उनले भने।

कम्पनीले कार्यक्रममा लक्कि ड्रमार्फत तीन जना भाग्यशाली निर्माण व्यवसायीहरुलाई आकर्षक उपहारहरुको वितरण गरेको थियो।

यसैगरी गत साता अर्घाखाँची सिमेन्टले काठमाडाैंको पेप्सीकोला र ललितपुरको महालक्ष्मीस्थानमा पनि सोही प्रकारको कार्यक्रमको आयोजना गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .