नेपालमा मेराकी होलिस्टिक वेलनेस रिट्रिटको प्रि–लन्च गरिएको छ।
मेराकी होलिस्टिक वेलनेस रिट्रिट नेपालमा प्रिमियम र स्टेट–अफ–द–आर्ट वेलनेस थेरापी तथा आकर्षक आवासीय सेवा प्रदान गर्ने होलिस्टिक हिलिङ रिट्रिट हो।
यहाँ आफ्नो मन, शरीर, र आत्मालाई पुनप्र्राप्ति गर्न प्राकृतिक चिकित्सा माध्यमबाट सर्टिफाइड विशेषज्ञहरुले होलिस्टिक वेलनेस, प्राणिक हिलिङ, योगालगायत अन्य थेरापीहरुद्वारा मार्गदर्शन गर्ने बताइएको छ।
यही शनिबार मेराकी होलिस्टिक वेलनेस रिट्रटको प्राँगणमा प्रि–लन्च कार्यक्रम गरिएको हो।
शिवपुरी डाँडा र बूढानीलकण्ठमा सुन्दर तथा निर्मल वातावरणमा अवस्थित मेराकीबाट आवश्यकता पूरा गर्न विभिन्न थेरापीहरुका साथै शुद्ध खानाहरुले जीवनशैलीमा परिवर्तन ल्याउन सकिने दाबी गरिएको छ।
प्रतिक्रिया