कारोबार


दक्षिण एसियाली पर्यटन प्रवर्द्धनबारे भारतमा हुने कार्यक्रममा बोर्डको नेतृत्वमा नेपालबाट २५ संस्था सहभागी हुने

दक्षिण एसियाली पर्यटन प्रवर्द्धनबारे भारतमा हुने कार्यक्रममा बोर्डको नेतृत्वमा नेपालबाट २५ संस्था सहभागी हुने

नेपालखबर
चैत ८, २०७७ आइतबार ५:३४,

कोरोना महमारी (कोभिड–१९) ले थलिएको नेपालको पर्यटन पर्यटन प्रवर्द्धन गर्न नेपाल पर्यटन बोर्डले भारतमा आयोजना हुने साउथ एसियाज ट्राभल एण्ड टुरिजम एक्सचेन्ज (साटे)मा सहभागिता जनाउने भएको छ।

मार्च २४ देखि २६ तारिखसम्म भारतको गे्रटर नोयडामा आयोजना हुने उक्त कार्यक्रममा बोर्डको नेतृत्वमा नेपाल वायुसेवा निगमसहित विभिन्न २५ वटा कम्पनी सहभागी हुने भएका हुन्।

पर्यटन प्रवर्द्धनका लागि पहिले छिमेकी मुलुकका बजारमा जाने रणनीतिअनुरुप बोर्डले साटेमा सहभागिता जनाउनलागेको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीले जानकारी दिए।

‘भारतमा पनि विस्तारै पर्यटकीय गतिविधि बढिरहेको छ। तर भारतले अझै धेरै मुलुकहरुका लागि प्रवेशाज्ञा नखोलिरहेको सन्दर्भमा यो कार्यक्रममा नेपालको सहभागिता महत्वपूर्ण हुने अपेक्षा गरेका छौँ’, उनले भने।

साटेको प्रभावकारिता हेरेर क्रमशः भारतका अन्य पर्यटन बजारमा पनि पर्यटन प्रवर्द्धनका कार्यक्रमहरुमा सहभागिता जनाइने सीईओ रेग्मीले बताए।

पछिल्लो पटक सरकारले नेपाल भारत यातायात सुचारु गर्ने निर्णय गरेको र यसअघि एयरबबल सम्झौताअनुरुप नेपाल–भारत दुवै देशबाट दैनिक दुईवटा हवाइ उडान समेत भइरहेकाले यो कार्यक्रम नेपालको पर्यटन प्रवर्द्धन गर्न सहयोगी हुने बोर्डको धारणा छ।

पर्यटन बोर्डले भारतीय पर्यटकहरुलाई नेपालमा आकर्षित गर्न सीमा क्षेत्र, हिल स्टेसन तथा अन्य पर्यटकीय स्थलहरुका छुट्टाछुट्टै रणनीतिको आवश्यकता पहिचान गरी सोहीअनुरुपको रणनीति समेत बनाएको डा. रेग्मीले जानकारी दिए।

भारतमा हुने साटेमा पर्यटनसँग सम्बन्धित क्षेत्रीय तथा अन्तर्राष्ट्रिय पर्यटन उद्योग, बिक्रेता र पर्यटनसँग सम्बन्धित संघ\संस्था तथा व्यक्तित्वहरुको सहभागिता रहने गर्दछ।

भारत सरकारको पर्यटन मन्त्रालयको सहयोगमा हुने साटेलाई दक्षिण एसियाको महत्वपूर्ण पर्यटन एक्सचेन्ज मेलाका रुपमा लिने गरिन्छ।

कोभिडको संक्रमणपछि नेपाल पर्यटन बोर्डले डिजिटल माध्यमबाट विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको पर्यटन प्रवर्द्धनको काम गरे पनि भौतिक रुपमा सहभागिता जनाउने यो पहिलो कार्यक्रम हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad