नेकपा (एमाले)मा २ सय ३५ जना भन्दा बढी उद्योगी व्यवसायी प्रवेश गरेको छन्। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष किशोर प्रधानदेखि गोल्छा अर्गनाइजेशनका हितेश गोल्छा समेतका व्यवसायीहरु एमालेमा प्रवेश गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष आर्थिक सल्लाहकार एवम् पूर्व उद्योग वाणिज्य तथा आपुर्ती राज्यमन्त्री मोतिलाल दुगडको पहलमा स्थापित व्यवसायीहरु एमालेमा प्रवेश गरेका हुन्।
प्रवेश गर्नेहरुमा किशोर प्रधान,ललित अग्रवाल, सिताराम अग्रवाल, हितोश गोल्छा, पुनम ब्यास, कृष्ण प्रसाई, मदन मित्तलल, अजय सरावगी, ओमप्रकाश वंशल, नरेन्द्र गुप्ता, जुगलकिशोर धनावत, नर्पतशिंह जैन लगायतका २ सय ३५ भन्दा बढी व्यवसायी रहेका छन्।
नवप्रवेशीहरुलाई प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा लगायत नेताहरुले स्वागत गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा आयात गरेर सामान विक्री मात्र नगरी उत्पादन र निर्यात गर्न उद्योगी व्यवसायीलाई सुझाव दिए।
‘व्यवसायीहरुले आयात गरेर बिक्री गर्ने मात्रै होइन, नेपालमा उत्पादन भएकालाई विदेश तिर पठाउनु पनि पर्छ। नेपालमा रोजगारी दिने र विदेश निर्यात गर्ने वस्तु उत्पादनलाई प्राथमिकता दिने हो भने सरकारले सुविधामा कन्जुस्याई गर्दैन’ उनले भने, ‘नीजि क्षेत्रलाई सरकारले नहेर्ने भन्ने होइन, त्यसलाई बुझेको नै हो।’
उनले अहिले नेपालले अहिले एउटा क्षेत्रलाई मात्रै प्रवद्र्धन गर्ने अवस्था नरहेको भन्दै उद्योगधन्दा, उर्जा, कृषि पर्यटन जस्ता सबै क्षेत्रलाई अघि बढाउने सरकारकाे नीति रहेको स्पष्ट पारे।
पार्टी प्रवेशअघि प्रधानमन्त्री निवास वालुवाटारमा व्यवसायीहरुसँग भएको अन्तिक्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू समग्र क्षेत्रलाई प्राथमिकतामा राख्दै समग्र नेपालीको जीवनस्तर उकास्न लागि परेको बताएका थिए।
याे पनि : दुगडको पहलमा २ सय ५० उद्योगी व्यवसायी एमालेमा प्रवेश गर्दै
Shares

प्रतिक्रिया