प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार मोतिलाल दुगडले २ सय ५० जना उद्योगी व्यवसायी नेकपा (एमाले)मा प्रवेश गर्न लागेको बताएका छन्।
इतिहासमा नै पहिलो पटक उद्योगी व्यवसायीहरु पार्टी प्रवेश गर्न लागेको दुगडले बताए। उनका अनुसार व्यवसायीहरु नेकपा एमालेसँग प्रभावित भई पार्टी प्रवेश गर्न लागेका हुन्।
मोतिलाल दुगड आफैँ नेकपा एमालेका संसद हुन्। उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री समेत बनाएका थिए। उनी अहिले प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकारका रुपमा कार्यरत रहेका छन्।
उनको नेतृत्वमा नै आज प्रधानमन्त्री ओलीले देशभरका उद्योगी व्यवसयाीसँग अन्तरक्रिया कार्यक्रम गरिरहेका छन्। उनकै पहलमा नेकपा एमालेमा २५० जना व्यवसायी गर्न लागेका हुन्।
उनले कार्यक्रममा भने ‘२ सय ३५ जनाको नाम लिस्ट नै तयार भैरहेको र केही आवद्ध हुने क्रम रहेको छ।’
उनले यो इतिहासमा नै नभएको कुरा भैरहेको बताए। यसअघि यसरी कुनै पार्टीमा व्यवसायीहरु आवद्ध नभएको उनको दाबी छ।
Shares

प्रतिक्रिया