कारोबार


सगरमाथा चढ्न बहराइनका राजपरिवारका सदस्यसहितको टोली नेपाल आइपुग्याे

सगरमाथा चढ्न बहराइनका राजपरिवारका सदस्यसहितको टोली नेपाल आइपुग्याे

नेपालखबर
चैत २, २०७७ सोमबार १३:१७,

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न बहराइनका राजपरिवारका सदस्यसहित १६ जनाको टोली आज नेपाल आइपुगेकाे छ।

बहराइनस्थित नेपाली राजदूतावासका अनुसार उक्त टोली त्यहाँको समयअनुसार बिहान सवा ९ बजे बहराइन डिफेन्स फोर्सको सैन्य विशेष विमानमार्फत नेपाल आएकाे हाे।

टोलीमा बहराइन राजपरिवारका सदस्य शेख मोहम्मद हमाद मोहम्मद अल खालिफासहित बहराइन रोयल गार्ड, डिफेन्स फोर्समा कार्यरत १३ जना बहराइनी र तीन जना बेलायती नागरिक पनि छन्।

टोली करिब ८० दिन नेपालमै रहनेछ।

टोलीले गोरखा जिल्ला चुमनुब्री गाउँपालिका १ स्थित समागाउँका बासिन्दाका लागि कोरोना भाइरसविरुद्ध लगाइने २ हजार डोज अस्ट्राजेनेका खोप समेत सहयोगस्वरुप प्रदान गर्नेछ।

टोलीलाई बहराइनका लागि नेपाली राजदुत पदम सुन्दास, नियोगको द्वितीय सचिव अरुणा घिसिङलगायत राजदूतावास परिवारले भेटेर सफलताको शुभकामना दिएको थियो।

त्यस्तै बहराइनी पक्षबाट कमान्डिङ अफिसर अफ द रोयल गार्ड ट्रेनिङ स्कुल, ब्रिगेडियर साद घार्ली मुबारकले पनि शुभकामनासहित विदाइ गरेको थियो।

यो टोलीले गत वर्ष अक्टोवरमा लोबुचे र मनास्लु हिमाल पनि सफलतापूर्वक आरोहरण गरेको थियो।

यो पनि –
सगरमाथा चढ्न बहराइनका राजपरिवार सदस्यसहित १६ सदस्य टोली नेपाल आउने

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad